बाँकेमा अत्याधिक जाडो, स्थानीयलाई घरबाट निस्किनै गाह्रो
  • काँचुली खबर

७ माघ, नेपालगन्ज । बाँकेमा अत्याधिक जाडोको कारण जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि शीतलहर र बाक्लो हुस्सुले आम नागरिकलाई काममा निस्किन गाह्रो परेको छ ।

छिटपुट पानी पनि पर्न थालेको छ । ठण्डीको कारण बिरामी हुने बालबालिका र वृद्धवृद्धाको संख्या बढेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको प्रवक्तासमेत रहेका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले केही दिनदेखि चिसो ज्यादै बढेको जानकारी दिए ।

बिहान र बेलुका एकदमै चिसो रहेको उनको भनाइ छ । भन्छन्, ‘बिहान र बेलुका अत्याधिक चिसो छ । आज बिहान शीत खसेको थियो । अहिलेसम्म घाम लागेको छैन । स्कूलहरु चाँहि लागिरहेका छन् । अझै चिसो बढ्यो भने स्कूल खोल्ने कि बन्द गर्ने निर्णय गर्छौं ।’

  • ७ माघ २०८१, सोमबार १२:५७ प्रकाशित
  • Nabintech