माघ १० गते माओवादी अध्यक्ष ‘प्रचण्ड’ खजुरा आउदै
  • काँचुली खबर

४ माघ, कोहलपुर । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बाँकेको खजुरा आउने भएका छन ।

माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिवेशनको उद्घाटन सत्रको अवसरमा आयोजना गरिने खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड खजुरा आउने कार्यक्रम तय भएको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

संयोजक पाण्डेले अध्यक्ष प्रचण्ड आउने कार्यक्रमलाई व्यवस्थित गर्न बिहिबार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समितीको अनौपचारीक बैठकले बिभिन्न उपसमितीहरु निर्माण गरेर तयारीको काम अगाडी बढाएको जानकारी दिए ।

खजुरा बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिने खबरदारी सभालाई अध्यक्ष प्रचण्ड, लुम्बिनी प्रदेशका ईन्चार्ज चन्द्र प्रकाश खनाल (बलदेव), सह-ईन्चार्ज एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुल प्रसाद केसी (सोनाम), लुम्बिनीका अध्यक्ष सुर्दशन बराल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र खजुरा गाँउपालिकाका अध्यक्ष राज कुमार बिकले जानकारी दिए ।

खवरदारी सभा अधि प्रचण्डले जनयुद्धका सहिद परिवारसँग अन्र्तक्रिया गर्ने र जनता माबि सन्तकुटीमा रहेको त्यस क्षेत्रका सहिदहरुको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

खबरदारी सभा अघि बिभिन्न जातजाति, भाषाभाषीको झाकी निकालेर खजुरा बजारको परिक्रमा गरिने अध्यक्ष बिकले जानकारी दिए ।

  • ४ माघ २०८१, शुक्रबार ०७:४१ प्रकाशित
  • Nabintech