२ माघ, काठमाडौँ । प्रेस सेन्टर नेपालको ५औँ राष्ट्रिय महाधिवेशनको मिति सर्ने भएको छ । यही माघ १५ गते गर्ने भनिएको महाधिवेशन तयारी नपुगेको कारण देखाउँदै केही दिन सार्ने तयारी गरेको हो ।
तर औपचारिक निर्णय केन्द्रीय समिति बैठकले गर्ने अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । ‘महाधिवेशनको मिति थोरै समय सर्छ । केन्द्रीय समिति बैठकले आधिकारिक निर्णय गर्नेछ’, सापकोटाले भने ।
अधिवेशन हुन बाँकी रहेका जिल्ला अधिवेशनहरूमा माघ २० भित्र सम्पन्न गरिसक्न सूचना जारी गरिसकेको छ । यस्तै राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको नाम माघ १० भित्र केन्द्रीय कार्यालयमा पठाउन र अनलाइन फर्म अनिवार्य रूपमा भर्ने अनुरोध गरिएको छ । एक सय १९ नयाँ कार्यसमिति छनोटका लागि करिब ८०० प्रतिनिधि सहभागी हुनेछन् ।
२ माघ २०८१, बुधबार १५:११ प्रकाशित