२९ पुस, काेहलपुर । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाकाे छैठौं साधारणसभा सम्पन्न भएकाे छ । काेहलपुर नगरपालिका वडा नं. ११ मा प्रधान कार्यालय रहेकाे उक्त सहकारीले साेमबार वार्षिक साधारणसभा सम्पन्न गरेकाे हाे ।
सहिद स्मृति भवन काेहलपुरकाे सभाहलमा आयाेजित साधारण सभाकाे नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान कार्यवहाक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि संगिन शर्माले उद्घाटन गरेका थिए ।
साे अबसरमा बाेल्दै शर्माले सहकारीले स्थापनाकाे छाेटाे समयमै उल्लेख्य प्रगति गरेकाे भन्दै खुसि ब्यक्त गरेका थिए । पछिल्लो समय सहकारी वृतमा देखिएकाे समस्याका वावजुत लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाले निरन्तर रूपमा आफ्नाे सेवा प्रवाह गरीरहेकाे प्रति खुसि ब्यक्त गर्दै शर्माले संचालक समिति र सहकारीमा आवद्ध सदस्यहरूकाे खुलेर प्रशंसा गरेका थिए ।
उनले एउटै ब्यक्ति धेरै सहकारीमा सदस्य हुने प्रवृत्तिका कारण सहकारीका गतिविधिहरू चलायमान हुन नसकिरहेकाे जिकिर गर्दै “एक सहकारी एक सदस्य”काे नितिलाई कडाईका साथ लागू गर्नुपर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा बाेल्दै युवा स्वराेजगार काेष बाँकेका सदस्य सचिव नितेष शर्माले सहकारीप्रति सम्पूर्ण सदस्य तथा बचतकर्ताहरू जिम्मेवार हुनुपर्ने बताए । उनले ऋण लिएर नतिर्ने समस्या बढ्दै गएकाले सहकारी संचालनमा चुनाैति थपिदैं गएकाे उल्लेख गर्दै सहकारीकाे नीति अनुसार निर्धारित समयमै ऋण तिर्नुपर्नेमा जाेड दिए ।
सहकारीका अध्यक्ष पुष्पराज हमालले सहकारीकाे समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए भने साधारणसभाबाट काेषाध्यक्षकाे आर्थिक प्रतिवेदन पास गरीएकाे थियाे ।
कार्यक्रममा सहकारीका उत्कृष्ट कर्मचारी र बचतकर्तालाई पुरस्कृत समेत गरीएकाे थियाे ।
२९ पुष २०८१, सोमबार २०:०३ प्रकाशित