प्रेस सेन्टर कोहलपुरको सपथग्रहण तथा माघी मिलन कार्यक्रम सम्पन्न
  • काँचुली खबर

२९ पुस, कोहलपुर । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितीको सपथग्रहण तथा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । सोमबार कोहलपुरस्थित शहिद स्मृती केन्द्रको हलमा आयोजित कार्यक्रममा हालै निर्वाचित नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन ।

पुस २२ गते सम्पन्न प्रेस सेन्टर कोहलपुर नगर समितिको दोस्रो अधिवेशनबाट चयन भएका नयाँ पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाँकेका ईन्चार्ज डा. डक्ट प्रसाद धितालले सपथ खुवाएका थिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सपथ खुवाउँदै उनले संगठनप्रति प्रतिवद्ध हुँदै पत्रकारीताको धर्म निर्वाह गर्न निर्देशन दिएका थिए ।

सोही अवसरमा माघीको शुभकामना समेत आदान प्रदान गरीएको थियो । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा अधिवक्ता नरेन्द्र न्यौपानेको प्रमुख उपस्थितीमा संचालन गरीएको कार्यक्रमका सहभागीहरुले नयाँ कमिटिलाई बधाई दिनुका साथै माघीको शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले समाज रुपान्तरणकालागी संचार माध्यममले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । संचारकर्मी र संचार क्षेत्रलाई आम नागरीकले गर्ने विश्वास सदैव कायम रहने गरी संचारकर्म गर्नुपर्नेमा जोड दिदैं न्यौपानेले नकारात्मक भन्दा सकारात्मक समाचार सम्प्रेषणमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाईंले संचार क्षेत्रमा सँख्यात्मक भन्दा गुणस्तरीय जनशक्ती उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको जिकिर गरे । उनले बैचारीक दृष्टिकोणले जुनसुकै संगठनमा आवद्ध रहेपनि संचारकर्मीहरुले पत्रकारीताको धर्मलाई कहिल्यै बिर्सन नहुने बताए ।

पत्रकार महासंघले संचार क्षेत्रमा प्रवेश गर्न चाहने युवाहरुलाई लक्षित गर्दै आगामी दिनमा बिभिन्न किसिमका तालिमको आयोजना गर्ने तयारी गरीरहेको जानकारी गराउँदै चौलागाईले पेशागत दक्षता अभिवृद्धिमा जोड दिएका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले मर्यादित पेशाका रुपमा रहेको पत्रकारीता क्षेत्रको ओझ बढाउने गरी संचारकर्म गर्न सबैलाई आग्रह गरेका थिए ।

प्रेस सेन्टर नेपाल कोहलपुर नर समितिका निवर्तमान अध्यक्ष पुष्पराज हमालको अध्यक्षतामा संचालन गरीएको कार्यक्रमका सहभागीले तरुल र सखरखण्ड खाँदै एक-आपसमा माघीको शुभकामना आदान प्रदान गरेका थिए ।

  • २९ पुष २०८१, सोमबार १७:३२ प्रकाशित
  • Nabintech