२९ पुस, काठमाडौँ । सरकारले ५६ जिल्लामा भूमि आयोग गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सातै प्रदेशका ५६ जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गरेका हुन् ।
आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराउने तयारी गरिएको छ । यसरी नियुक्त भएकामध्ये कोशी प्रदेशका १०, मधेशका ६, बाग्मतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्ला रहेका छन् । बाँकी २१ जिल्लाका अध्यक्षहरु भने नियुक्त हुनै बाँकी छ ।
कोशीको तेह्रथुम, धनकुटा र सुनसरी, मधेसको सिरहा र रौतहट, बाग्मतीको दोलखा, धादिङ, चितवन र मकवानपुर, गण्डकीको गोरखा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र बागलुङ, कर्णालीको जुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बझाङ र कञ्चनपुर जिल्लाका अध्यक्षको नियुीक्त बाँकी छ ।
सत्तारुढहरु दलहरुबीच कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएको थियो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा बसेर भागबन्डा टुंग्याएका थिए ।
हेर्नुहोस् अध्यक्षहरुको सूची :
२९ पुष २०८१, सोमबार १६:०४ प्रकाशित