२३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुरमा ठुलाे पुरस्कार राशीकाे स्मृति कप क्रिकेट प्रतियोगिता आयाेजना हुने भएकाे छ । कोहलपुर ४ किरणनालाका युवा स्व. वीरेन्द्र शाहीको स्मृतीमा करिब ३ लाख राशिको खुल्ला टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हाे ।
कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवले वीरेन्द्र शाहीको स्मृतीमा तेस्रो संस्करणकाे प्रतियोगिता आयोजना गर्न लागेकाेको क्लवका अध्यक्ष गम्भिरजंग मल्लले जानकारी दिए ।
आगामी फागुन १८ देखि २८ गतेसम्म संचालन हुने प्रतियोगितामा देशैभरिका क्लवका खेलाडिहरुले सहभागिता जनाउन सक्ने र प्रतियोगितामा अधिकतम १६ वटा टिम सहभागी हुने आयाेजकले जनाएकाे छ । काेहलपुर क्रिकेट मैदानमा संचालन हुने खेलकालागी आवश्यक तयारी भईरहेका आयाेजकले जनाएकाे छ ।
प्रतियोगिताबारे जानकारी दिन साेमबार काेहलपुरमा पत्रकार भेटघाट कार्यक्रम आयाेजना गरीएकाे थियाे । उक्त कार्यक्रममा बाेल्दै राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलवि क्षेत्रिले जनप्रतिनिधिविहिन अवस्था र द्धन्द्धकालमा जनताले संरक्षण गरेको काेहलपुरकाे प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान जनप्रतिनिधि आएकै २ कार्यकाल सम्पन्न हुनै लागि सक्दा पनि निर्माण सम्पन्न नहुनुले सिंगो क्रिकेटप्रेमिलाई निराशामा धकेलेको बताए । उनले “स्वास्थ्यका लागि खेल, राष्ट्रकालागि खेल” भन्ने नारा नै परिवर्तन गरि “दक्ष खेलाडि उत्पादनकालागि खेल” भन्ने वनाईनुपर्नेमा धारणा ब्यक्त गरे ।
महिला क्रिकेटको जननीस्थल कोहलपुरलाई सरोकारवाला निकायले स्तरवृद्धि गर्न नसक्नु कोहलपुरकै लागि दुर्भाग्य भएको औंल्याउदै स्थानियदेखि केन्द्र सरकार र बाँके जिल्ला क्रिकेट संघले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको स्वामित्व ग्रहण गर्नुपर्नेमा उनले जोड दिए ।
पत्रकार भेटघाट कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारीले स्व. वीरेन्द्र शाहीको स्मृतीमा हुने प्रतियोगिताकालागि वार्षिक रूपमै वजेट विनियोजन गराउन कार्यपालिकामै आवाज उठाउने बताईन । उनले प्रतियोगिताकालागी वडाबाट बजेट रकमान्तर गरेर भएपनि सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरिन ।
नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रिले राज्यले खेलकुदमा प्रयाप्त लगानी नगरेकाे गुनासाे गरे । आवश्यक बजेटकाे अभावमा खेलाडि उत्पादन गर्न क्लवहरुलाई खर्च ब्यबस्थापन गर्न कठिन हुने गरेको स्मरण गर्दै राज्य, निजि क्षेत्र र जनता सवैको हातेमालोले मात्र खेल क्षेत्रले फड्को मार्ने भनाई थियाे । उनले काेहलपुर नगरपालिकाकाे आगामी बजेटमै पर्नेगरि युनाईटेड भिजन क्रिकेट क्लवलाई रकम विनियोजन गराउन नगर खेलकुदको तर्फबाट सक्दाे प्रयास गर्ने बताए ।
कार्यक्रममा समाजसेवि अनिता पौडेलले खेल क्षेत्र त्यसमा पनि यो क्रिकेट प्रतियोगिताकालागि आफुले निजि क्षेत्रका तर्फवाट उल्लेख्य योगदान गर्ने र सहयोग जुटाउन अर्थिक, नैतिक तथा भौतिक रुपले सहयोग गर्ने वचनवद्धता ब्यक्त गरिन ।
काेहलपुरका क्रिकेटर वीरेन्द्र शाहीकाे तीन वर्ष अघि क्रिकेट खेल्न जाने क्रममा किरननाला नजिक सडक दुर्घटनामा परि मृत्यु भएकाे थियाे । उनै शाहीकाे स्मृतिमा युनाईटेड भिजन क्रिकेट क्लवले पहिलाे र दाेस्राे संकरणकाे प्रतियाेगिता सम्पन्न गरीसकेकाे छ ।
२३ पुष २०८१, मंगलवार १०:१३ प्रकाशित