२२ पुस, काेहलपुर । प्रेस सेन्टर नेपाल काेहलपुर नगरपालिका समितिकाे दाेस्राे सम्मेलन सम्पन्न भएकाे छ। सम्मेलनले निरज सिंहकाे अध्यक्षतामा ११ सदस्यीय कमिटि सर्वसम्मत गठन गरेकाे छ ।
समितिकाे उपाध्यक्षमा प्रमिला विश्वकर्मा, सचिवमा शान्ति सुनार, सहसचिवमा राजकुमार सन्ज्याल र कोषाध्यक्षमा मनवीर परियार चयन भएका छन । त्यसैगरी सदस्यहरूमा मिना रावल, प्रतिभा शाही, दिलिप बाठा, सुर्य तिवारी र दिपेन्द्र खड्का चयन भएका छन ।
पालिका सम्मेलनकाे नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र पाण्डे (जेम्स) ले उद्घाटन गरेका थिए । सम्मेलनकाे उद्घाटन सभालाई सम्बाेधन गर्दै पाण्डेले प्रेस सेन्टरले समाज परिवर्तनमा उल्लेखनिय भुमिका खेलेकाे भन्दै प्रशंसा गरेका थिए ।
मिडियाले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्ने कुरामा जोड दिदैं उनले भने, ‘नेपाली समाजले सवैभन्दा बढी विश्वास गर्ने प्रेस जगत नै हो, पत्रकारको आचरण खराव भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’
उनले जनपक्षीय पत्रकारितामा थप सशक्त भएर लाग्न आग्रह गरे ।
सम्मेलनमा बोल्दै प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्लेले प्रेस सेन्टर जनताको पक्षमा काम गर्ने एक मात्र सङ्गठन रहेको भन्दै थप सशक्त भएर पत्रकारितामा अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष राजेश आचार्य, नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव सरला सुवेदी, सदस्य निर्मल आचार्य, प्रेस चाैतारी काेहलपुर कमिटि सचिव रबि राेकाया लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बाँकेबाट पत्रकार महासंघकाे निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान समेत गरीएकाे थियाे ।
प्रेस सेन्टर नेपालले यही माघ १५ देखि १७ गते सम्म नवौँ राष्ट्रिय महाधिवेशन संघीय राजधानी काठमाडौंमा गर्दैछ । राष्ट्रिय महाधिवेशन अगावै पालिका, जिल्ला र प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने भएका कारण देशैभर सबै कमिटीहरूकाे अधिवेशन भइरहेकाे प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यले जानकारी दिए । जनपक्षीय पत्रकारीताकाे वकालत गर्ने सेन्टर पालिका तहमा संगठन विस्तार गर्ने पत्रकारको पहिलाे संगठन हाे ।
२२ पुष २०८१, सोमबार १८:१७ प्रकाशित