गोरखा युनाईटेड स्कुलमा खेल सप्ताह शुरू
  • काँचुली खबर

२१ पुस, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको गाेरखा युनाईटेड पब्लिक स्कुलमा आईतवारदेखि खेल सप्ताह शुरू भएकाे छ । विद्यालयका सञ्चालकहरुले आफ्नो छुट्टै कोष खडा गरि २०६८ सालदेखि खेल सप्ताहको आयोजना गरिदै आएको गोरखा युनाईटेड पव्लिक स्कुलकी प्रधानाध्यापक साधना थापाले जानकारी दिईन ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुबिच हुने खेल सप्ताहमा फुटवल, एथलेटिक्स लगाएतका विभिन्न विधाका खेलहरु खेलाईनुकासाथै शिक्षक, कर्मचारी र विद्यार्थीविच समेत मैत्रिपुर्ण खेलहरु हुने विद्यालयले जनाएको छ । खेल सप्ताहको उदघाटन गर्दै विद्यालयका सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले विद्यार्थीहरुलाई पाठ्यक्रमको मात्र ज्ञान नदिएर उनीहरु भित्र निहित रहेको प्रतिभालाई प्रष्फुटन गराउने हेतुले हरेक वर्ष खेल सप्ताह सञ्चालन गर्दै आएको बताए ।

”एउटा मानवलाई स्वस्थ रहन शारिरीक, मानसिक जस्ता संवेगात्मक विकासको पनि खाँचो” रहने औंल्याउदै सञ्चालक अध्यक्ष आले मगरले मानिसमा त्यसखाले विकासका निम्ति खेल विधा निकै उत्कृष्ट विधा भएको जिकिर गरे । आलेले विद्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबिच विद्यार्थी टिम लिडरलाई फुटवल हस्तान्तरण गर्दै खेल सप्ताह उदघाटन भएको घोषणा समेत गरे ।

हप्तादिनसम्म चल्ने खेल सप्ताहमा प्रथम हुने सदनलाई २१ हजार, दाेस्रो हुने सदनलाई ११ हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरि संस्थापक शिक्षक तथा कर्मचारीविच हुने खेल विजेताले १० हजार नगद प्राप्त गर्नेछन भने महिला शिक्षक र कर्मचारी भलिवल खेल विजेताले रु. ३ हजार नगद प्राप्त गर्नेछन ।

पौष २६ गतेसम्म चल्ने खेल सप्ताहको उदघाटन खेल रातो र पहेंलो सदनविच भएको थियो । खेल संयोजक खगेन्द्र पौडेलका अनुसार पहेलो सदनले रातो सदनलाई १ का विरुद्ध २ गोल गर्दै बिजयी सुरूवात गरेका छ ।

  • २१ पुष २०८१, आईतवार २०:४१ प्रकाशित
  • Nabintech