१९ पुस, नेपालगन्ज । प्रेस सेन्टर बाँकेले जिल्लाका ८ वटै पालिका समितिकाे अधिवेशन एकै दिन गर्ने भएकाे छ । शुक्रबार बसेकाे प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेकाे बैठकले यहि पुस २२ गते जिल्लाका सबै पालिका समितिकाे अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।
बैठकले जिल्ला अधिवेशनकाे मिति समेत तय गरेकाे छ । पुस २४ गतेलाई तय भएकाे अधिवेशनबाट जिल्लाकाे नयाँ नेतृत्व चयन गरीने प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पालिका तथा जिल्ला अधिवेशनकालागी जिम्मेवारी समेत बाँडफाँड गरीएकाे आचार्यले बताए । उनका अनुसार नेपालगन्ज उपमहानगरमा सिराज खान, काेहलपुर नगरपालिका प्रदिप वाग्ले, राप्तिसाेनारी गाँउपालिका शिव सुनार, जानकी गाँउपालिका दिनेश श्रिवास्तव, डुडुवा गाँउपालिका डा. डक्ट प्रसाद धिताल र बैजनाथ गाँउपालिका सुशील लामिछानेलाई अधिवेशन सम्पन्न गराउन जिम्मेवारी बाँडफाँड गरीएकाे छ ।
बैठकमा हालै सम्पन्न पत्रकार महासंघकाे निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन समेत गरीएकाे थियाे ।
१९ पुष २०८१, शुक्रबार २०:४९ प्रकाशित