नेपालगन्ज-११ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • काँचुली खबर

१८ पुस, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा नाक, कान, घाँटीको  नि:शुल्क स्वास्थ्य शिविर भएको छ । पौष १८ गते असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ११ को समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर भएको हो ।

शिविरमा ६० जना बिरामीहरुको चेकजाँच भएको वडा नं. ११ आधारभूत स्वस्थ्य सेवा केन्द्रका अहेव कविता लामिछानेले जानकारी दिईन । शिविरमा २२ जना पुरुष र ३८ जना महिलाको चेकजाँच गरेको नाक कान घाँटीका विशेषज्ञ डाक्टर प्रकाश बसेलले बताए । २ वर्षदेखि माथी ८० बर्ष मुनिका बिरामीहरुले चेकजाँच गराएको डाक्टर बसेलले बताए ।

शिविरमा कान कम सुन्ने, कान सुनियका, कानमा प्वाल परेका, नाक सुनिएका, नाकको डाडी बङ्गो भएका बिरामीहरुलाई चेकजाँच भएको थियो । आर्थिक अवस्था कमजोर भएका, विपन्न बिरामीहरुलाई विशेष छुट दिएर उपचार गरिने असल छिमेकीका प्रमुख डाक्टर बसेलले बताए ।

शिविरमा असल छिमेकीका स्टाफनर्स रितु पाण्डे, सबिना चौधरी, ललितराम चौधरी लगायत स्वस्थ्य चौकीका कर्मचारी सर्मिला सुवेदी, निमा सिंह, सीता अधिकारी र कविता लामिछानेको उपस्तिथि रहेको थियो ।

  • १८ पुष २०८१, बिहीबार २०:२७ प्रकाशित
  • Nabintech