पासाङ र महरा माओवादीमा फर्किए
  • काँचुली खबर

१८ पुस, काठमाण्डौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ माओवादी केन्द्रको स्थायी समिति बैठकमा सहभागी भएका छन् ।

सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाका बीच उनी पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि शुरु भएको बैठकमा सामेल भएका हुन् । आजको बैठकमा पासाङसहित केही समययता निस्क्रिय रहेका पूर्वसभामुख तथा उपाध्यक्ष कृष्णबहादुर महरा पनि उपस्थित भएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई उपाध्यक्ष बनाएर महत्वपूर्ण जिम्मेवारीसहित पार्टीमा फर्काउन लागेको चर्चा छ । उनलाई उपाध्यक्ष बनाउन माओवादीले विधान संशोधनका लागि कार्यदल समेत गठन गरेको छ ।

पुस २१ गतेदेखि शुरु हुने केन्द्रीय समिति बैठकमा कार्यदलको प्रस्ताव पेश गर्ने तयारी छ । तीन दिनसम्म चल्ने स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठाको एजेण्डा तय गर्नेछ ।

  • १८ पुष २०८१, बिहीबार १४:५९ प्रकाशित
  • Nabintech