१८ पुस, नेपालगन्ज । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको बचत फिर्ता शुरु भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले बचत फिर्ता गर्न थालेको हो ।
समूहले ग्राहकलाई बचत फिर्ताका लागि विभिन्न शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बैंकले केन्द्रीय कार्यालय नेपालगञ्ज, तुल्सीपुर शाखा, लमही शाखा, गुलरिया शाखा, बाँसगढी बर्दिया शाखा, भुरिगाउँ दाङ शाखा, घोराही शाखा, कोहलपुर शाखा, खजुरा शाखा, सानोश्री शाखा, भालुवाङ शाखा, गढवा शाखा, राजापुर शाखा, नारायणपुर शाखा, सिसहनिया शाखा, शम्शेरगञ्ज शाखा, बैजापुर शाखा र विजौरी शाखा दाङबाट बचत फिर्ता गरिने भएको छ ।
बैंकले बिरामी, वृद्ध र बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर बचत फिर्ता गर्ने जनाएको छ । २५ हजार रुपैयाँको सीमा भित्र रही प्रति शाखा अधिकतम ५० जनासम्मलाई निक्षेप भुक्तानी गरिने बैंक व्यवस्थापन समूहले जनाएको छ ।

१८ पुष २०८१, बिहीबार १३:३९ प्रकाशित