१७ पुष, कोहलपुर । कोहलपुरमा जारी महोत्सवको अवधि ३ दिन थपिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिको आयोजनामा सञ्चालन भइरहेको कोहलपुर महोत्सव ३ दिनका लागि थप गरिएको हो ।
पौष ९ गते देखी संचालन भएको महोत्सव पौष १७ गतेसम्म संचालन हुने तय गरिएको थियो । तर दर्शकहरूको उत्साहजनक उपस्थितिलाई ध्यानमा राख्दै अब पौष २० गतेसम्म महोत्सवको अवधि थप गरीएको आयोजकले जनाएको छ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
महोत्सव व्यवस्थापक अजय पुन मगर (गोपाल) ले दिएको जानकारी अनुसार महोत्सवमा थपिएका दिनहरूमा पनि दर्शकहरूको मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो प्रस्तुती जारी राख्नेछन्।
पौष २१ गते महोत्सवलाई एक भव्य र्याली, प्रमाणपत्र वितरण, र पुरस्कार समारोहसँगै समापन गरिने मगरले बताए । यस कार्यक्रमले महोत्सवको समग्र उपलब्धिलाई सम्मान गर्दै सहभागीहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको छ ।
१७ पुष २०८१, बुधबार १५:५१ प्रकाशित