नेपालगन्ज मेडिकल कलेज जस्तो स्वास्थ्य संवेदनशील विषयहरूमा भइरहेको आन्दोलनले राज्य र जनताको मानवीय आवश्यकता र प्राथमिकतालाई गम्भीर रूपमा प्रभावित गरेको छ । मेडिकल कलेज स्थापना, सञ्चालन र सेवा प्रवाहले रोजगारी, ब्यावसायिक क्षेत्रको संभावना बिकास र प्राप्त भएको भौतिक मानवीय समृद्धिले यस क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदानलाई नजरअन्दाज गर्नु ठुलो कमजोरी र भुल हुनेछ । मेडिकल कलेज स्थापनाको आर्थिक भौतिक मानवीय श्रोत साधनको सहयोग साथ हिस्सेदारीमा कोहलपुरको ऐतिहासिक योगदान स्मरणीय छ यसलाई संचालक सेवारत जनशक्ति तथा यस क्षेत्रका नागरिक समाजले बिर्सनु न्यायीक हुदैन ।
स्थापना भएको झन्डै ३० वर्ष पुरा हुँदै गरेको यो संस्थामा शुरुवाती चरणको जनशक्ति अवकाशको सन्निकट पनि रहेको छ । देशको अर्थतन्त्र खस्किएको तरलताले मुलुकको समग्र क्षेत्र अन्यौलग्रस्त देखिएको अवस्थामा स्वास्थ्य, शिक्षा, रोजगार, पेसा ब्यावसाय संचालन ब्यवस्थापनमा कठिनाइ थपिएको छ । बदलिँदो समयको भड्किलो समाज खर्चिलो अर्थ बजारमा न्यून पारिश्रमिक सेवा सुबिधाले अहिले जिवनयापन गर्नु कष्टपुर्ण रहेको छ ।
नेपालगन्ज मेडिकल कलेज भित्रको सुधार, बिकास र सेवा प्रवाहका त्रुटि, कमजोरी अनगिन्ती देखिन्छ । स्वास्थ जस्तो सम्वेदनशिल विषयमा मानवीयता भन्दा ब्यापारीकता देखिनु, चुस्त दुरुस्तता भन्दा लापरबाही र काम चलाउ लुट मच्चाउने रिफर सेन्टरको भुमिका निर्वाह गरेको पनि देखिन्छ ।
नेपालको शासकीय स्वरुप दलिय ब्यवस्थाको अस्वस्थ असर समाजको हरेक क्षेत्रमा परेको छ । यसको प्रभाव सबैभन्दा बढी शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग, ब्यावसायमा हुँदा समग्रमा देशको अर्थतन्त्र र समृद्धिमा देखिन्छ । नेपालगन्ज मेडिकल कलेज भित्रको सुधार, बिकास र सेवा प्रवाहका त्रुटि, कमजोरी अनगिन्ती देखिन्छ । स्वास्थ जस्तो सम्वेदनशिल विषयमा मानवीयता भन्दा ब्यापारीकता देखिनु, चुस्त दुरुस्तता भन्दा लापरबाही र काम चलाउ लुट मच्चाउने रिफर सेन्टरको भुमिका निर्वाह गरेको पनि देखिन्छ । समय परिस्थिति अवस्था भुमिका जे जस्तो रहेता पनि मध्यपश्चिम क्षेत्रकै महत्त्वपूर्ण शैक्षिक स्वास्थ्य केन्द्रको रुपमा रहेको यस संस्थाभित्रको असन्तुष्टि आन्दोलनले यति लामो समयसम्म अन्यौलता, अस्थिरता सरोकारवालाको अक्रमण्यता र पछिल्लो समय यदाकदा आन्दोलनमा छिटफुट अराजकता देखिदै जानु दुर्भाग्यपूर्ण दु:खद छ । यसले चिकित्सा क्षेत्रको गुणस्तरमा मात्र नभई जनताको जीवनमा पनि गहिरो असर पारिरहेको छ। आन्दोलनको नाममा चिकित्सा शिक्षाको गाम्भीर्यता ओझेलमा पर्दा यसको वास्तविक उद्देश्य हराउँदैछ। एकातिर ब्यावसायिक निजि लगानीले संचालित मेडिकल कलेजले जनताको स्वास्थ्यमा प्रत्यक्ष रूपमा योगदान दिनुपर्नेमा विवाद र असन्तुष्टिले सेवा प्रवाहमा समस्या उत्पन्न गरेको छ ।
राज्य सरकारको नजरमा विद्यालय, स्वास्थ्य संस्था, कृषि तथा रोजगारीका अवसर सिर्जना जस्ता प्राथमिकताका विषयहरु ओझेलमा पर्नु विकासको दिगोपनाका लागि खतरनाक संकेत हो । भ्युटावर र मंच जस्ता परियोजनाहरू तात्कालिक प्रभाव देखाउन उपयुक्त लागे पनि, ती दीर्घकालीन विकास र जनताको जीवनस्तर सुधारमा प्रभावकारी नहुने प्रष्ट छ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकार र स्थानीय जनप्रतिनिधिहरूको विकासको धारणा पनि प्रश्नयोग्य बन्दै गएको छ। स्थानीय तहहरूमा बन्दै गरेका भ्युटावर-घण्टाघर, मंच, बाटो पुल र फजुलको बसपार्क जस्ता कम आवश्यकताको संरचनामा अनावश्यक लगानी भइरहेको छ । यस्ता परियोजनाहरू यस क्षेत्रको वास्तविक आवश्यकता भन्दा बाहिरका छन्, जसले स्रोत साधनको दुरुपयोग मात्रै होइन, जनताका आधारभूत आवश्यकता सम्बोधनमा समेत बाधा पुर्याएका छन । शिक्षा, खेलकुद, उद्योग-पर्यटन र उत्पादनको क्षेत्रको बिकासको माध्यम कोहलपुर रिङ्ग रोड, कोहलपुर अन्तर्राष्ट्रिय क्रीकेट मैदान, बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको आधार क्षेत्र कोहलपुर १२-१३ को प्रवेश अथवा निकासद्वार, कोहलपुरको मध्यकेन्द्रमा बनाइदै गरेको आर्यघाट जस्ता बिकासको शिलालेखले एउटा पुस्तालाई त रोजिरोटी र चियागफको बहाना प्रशस्तै मिल्न सक्ला अन्यथा यसले समृद्धि बिकासको मार्गमा कालान्तरमा खण्डहर बनेर निल्नु न ओकल्नुको हड्डी हुने निश्चित छ । राज्य सरकारको नजरमा विद्यालय, स्वास्थ्य संस्था, कृषि तथा रोजगारीका अवसर सिर्जना जस्ता प्राथमिकताका विषयहरु ओझेलमा पर्नु विकासको दिगोपनाका लागि खतरनाक संकेत हो । भ्युटावर र मंच जस्ता परियोजनाहरू तात्कालिक प्रभाव देखाउन उपयुक्त लागे पनि, ती दीर्घकालीन विकास र जनताको जीवनस्तर सुधारमा प्रभावकारी नहुने प्रष्ट छ।
स्थानीय, शैक्षिक स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि प्राथमिकताहरूमा समिक्षा पुनर्विचार गर्नु आवश्यक छ । संस्था स्थापना, संचालन र रोजगारीसँगै दिगो र स्थायित्व जरुरी छ । सेवा प्रवाह र रोजगारीको पहिलो पुस्ताको अवकाशसँगै संस्थाको गरिमा भुमिका र प्रभावलाई समुलनस्ट गराउने दुष्टता कहिँ कतैबाट हुन हुदैन, यस तर्फ सबै सचेत र चनाखो बन्न जरुरी छ । सदैव श्रमजीवीलाई शोषण गर्ने मनस्थितिबाट ब्यबस्थापक मुक्त हुनुपर्छ । सेवा सुबिधाका नाममा अदृश्य राजनीतिक सौदावाजीबाट सेवारत युनियनकर्मी माथी उठ्न आवश्यक छ भने कार्यकर्ता भर्ती अथवा चंदा सहयोग नपाएको झोकमा हैसियत, औकात देखाउने इगो हठको निरंतरता रहेको खण्डमा कोहलपुरले इतिहासकै सबैभन्दा ठुलो गल्ती गर्नेछ, जो प्रयाश्चित गरेर प्राप्ति हुदैन ।
त्यसैले स्वास्थ्य र शिक्षा क्षेत्रको संस्था, आन्दोलन र समस्यालाई पहिलो स्थानमा राख्दै स्रोतको न्यायसंगत वितरण गरेर अगाडि बढ्न जरुरी छ । मेडिकल कलेज र स्वास्थ्य सेवा सुधारको सवालमा सबै पक्षहरूबीच सहकार्य हुनु जरूरी छ। यस्तै, स्थानीय विकास योजनामा जनताको वास्तविक आवश्यकता र दीर्घकालीन फाइदालाई प्राथमिकता दिनु पर्छ। सही निर्णय र कार्यान्वयनले मात्र विकासलाई सही मार्गमा डोर्याउन सकिन्छ।
११ पुष २०८१, बिहीबार १३:१० प्रकाशित