८ पुस, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड रुपियाँ ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जमिनमुनि धेरै सुन देखिएकोले सो निकालिदिने भन्दै पटक-पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड ठगी गर्ने भारतको बलरामपुरस्थित सिंहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी आयुषप्रसाद जोशीले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मोहनपुर इँटाभट्टा नजिकैको जमिनबाट सुन निकालिदिन्छु भनेर स्थानीय नसिर अहमद बेहनाबाट पटक-पटक गरी दुई करोड रुपियाँ ठगी गरेको उजुरीको आधारमा भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
भारतीय नागरिक हलवाईलाई नेपालगन्ज वडा नम्बर ४ स्थित बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी जोशीले जानकारी दिए । उनका अनुसार हलवाईलाई चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ परेका हलवाईबाट एक हजार ४९ वटा पहेँलो सिक्का, तिन वटा माटोको घैँटो, तीन वटा पितलको घैँटो, धातुले बनेको एउटा चेन, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकार प्रकारका ६०० भन्दा बढी पत्थर, तीन वटा धातुले बनेको डिब्बा, ताविजसहितको एक डिब्बा, उर्दू अक्षरमा लेखिएको किताब एउटा, भारतीय नम्बरको युपी ३२ पीपी ६११० नम्बरको कार र नेपाल तथा भारतीय बैङ्कका चेक तथा भौचरहरू बरामद भएको प्रहरीले जनाएको छ ।
जमिनमुनि सुनले भरिएको भाँडो गाडिएको देखिएको जनाउँदै विभिन्न व्यक्तिले सो निकालिदिने भन्दै ठगी गर्न सक्ने सम्भावना रहेकोले सचेत रहन सम्पूर्ण जिल्लावासीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले आग्रह गरेको छ ।
गोरखापत्रबाट
८ पुष २०८१, सोमबार १३:३८ प्रकाशित