२ पुस, काठमाण्डौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार राजन खनालले सेतोपाटीलाई जानकारी दिए।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरी कास्की लगेको थियो।
लामिछानेसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको छ। सरकारी वकिल कार्यालय कास्कीले यसको अभियोजन गरिरहेको छ।
यो चार दिने म्यादभित्रै अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।
२ पुष २०८१, मंगलवार १३:३६ प्रकाशित