पत्रकार महासंघमा युनियनको विद्रोही टिम र सेन्टरबीच गठबन्धन
  • काँचुली खबर

२२ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघमा प्रेस युनियनका उम्मेदवारको विद्रोही पक्षधरसँग प्रेस सेन्टर नेपाल सहितले चुनावी गठबन्धन गरेका छन ।

महासंघको चुनावमा कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले चुनावी गठबन्धन गरेका छन । कांग्रेस र एमालेको गठबन्धनबाट महासंघको अध्यक्षमा निर्मला शर्माको उम्मेदवारी परेको छ ।

यसमा असन्तुष्टि जनाउँदै प्रेस युनियनका रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । विष्टलाई माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सहयोग गर्ने गरी चुनावी गठबन्धन बनेको हो ।

यसअघि प्रेस सेन्टरबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिएका थिए । गिरीको उम्मेदवारी फिर्ता गर्न लगाएर माओवादी सहितका विपक्षी दलहरूले कांग्रेसको बिद्रोहीसँग चुनावी गठबन्धन गरेको हो ।

यो गठबन्धनले पत्रकार सम्मेलन गर्दै गरेर आफूहरूको प्रतिवद्धता समेत सार्वजनिक गरेको छ ।

जसमा नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरण गर्ने उल्लेख छ ।

‘नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउने छौं’ प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तो छ प्यानल :

अध्यक्षः रमेश विष्ट

बरिष्ठ उपाध्यक्षः रोशन पुरी

उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)

समावेशी उपाध्यक्षः सुभाष प्रसाद साह

महासचिवः लेखनाथ न्यौपाने

खुला सचिव: उत्तरसिंह विष्ट

मधेसी सचिव: श्रीजन झा

महिला सचिवः सरिता बराइली

दलित सचिव: वसन्त विक

आदिवासी जनजाति: भिषण राई

एशोसियट सचिव: विकास कार्की

कोषाध्यक्षः रामकृष्ण अधिकारी

केन्द्रीय सदस्यहरू

कोशी प्रदेश केन्द्रीय सदस्य : १. तीर्थ सिग्देल २. दीपेन्द्र कुमार राई

मधेस प्रदेश केन्द्रीय सदस्य : १. राजु विश्वकर्मा २. संजय कुमार राउत

बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक) : १. मणिराज गौतम २. मिनकुमार दाहाल

गण्डकी प्रदेश केन्द्रीय सदस्य :  १. दिपक भट्टराई २. ………………………….

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य : १. यानेन्द्र जिसि २. सुमन अधिकारी

कर्णाली प्रदेश केन्द्रीय सदस्य : १. देविराम देवकोटा २. यज्ञराज थापा

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य : १. डिलबहादुर सिंह २. रामसिंह ठगुन्ना

उपत्यका प्रदेश केन्द्रीय सदस्य : १. अर्जुन पन्त २. सूर्य सुवेदी

प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्य:

१. वीरेन्द्र ओली

२. साहास भट्ट

खुल्ला केन्द्रीय सदस्य

१. केशव बहादुर भुल

२. दामोदर खनाल

३. लेखनाथ खतिवडा

४. बुद्द लोप्चन

५. रामकुमार श्रेष्ठ

महिला

२. (आदीवासी, जनजाति) सरु राना

३. (मधेसी) मिनाकुमारी यादव

४. (खस आर्य) दिया चन्द

दलित केन्द्रीय सदस्य

१. लक्ष्मण दर्नाल (पुरुष)

आदीबासी जनजातिः

१. अर्जुन बहादुर तामाङ (पुरुष)

मधेसी

१. चन्द्रदेव कामती (पुरुष)

२. ललिताकुमारी साह (महिला)

अपाङ्गता तर्फ केन्द्रीय सदस्य

१. अर्जुन काफ्ले

अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य

१. बख्तियार अलि

लेखा समिति संयोजकः 

१. ध्रुव रावल

लेखा समिति सदस्य

१. गणेश प्रसाद बन्जाडे (पुरुष)

२. लक्ष्मी चौधरी (महिला)

  • २२ मंसिर २०८१, शनिबार १७:११ प्रकाशित
  • Nabintech