१८ मंसिर, धनगढी । कमिलाको डरले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले दुई महिनादेखि सरकारी निवास (मन्त्री क्वार्टर) मा बस्न छाडेका छन् ।
मन्त्री निवास जीर्ण, अस्तव्यस्त तथा सरसफाइमा अभावमा रहेकाले त्यहाँ राता कमिला ताँती लाग्न थालेको भन्दै मन्त्री चौधरीले त्यहाँ बस्न छाडेका हुन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुई महिनायता मन्त्री चौधरी सरकारी निवासमा नबसी लामो यात्रा गरेर दैनिक मन्त्रालय आउने गरेका छन् । मन्त्री चौधरी दैनिक एक सय किलोमिटरको दूरी तय गर्दै धनगढी आउजाउ गर्ने गरेको बताउँछन् ।
‘क्वार्टर व्यवस्थित नहुँदा राता कमिलाले बस्न गाह्रो भएको छ,’ वन मन्त्री चौधरीले भने,‘क्वार्टर मर्मत सम्भारका लागि भनेको छु ।’ आफू दसैँपछि क्वाटरमा नबसेको उनले बताए । उनले भने,‘कमिलाकै डरले म त्यहाँ बस्न सकिनँ, त्यसैले टीकापुर घरबाटै मन्त्रालय आउजाउ गर्छु ।’
यता उनका प्रमुख स्वकीय सचिव नवीन थापा मन्त्रीको स्वास्थ्यलाई ध्यानमा राख्दै घरबाटै आउजाउ गरिरहेको बताए । ‘केही दिन पहिला मन्त्री चौधरीले राता कमिलाले सताउने गरेको बताए पनि उहाँको स्वास्थ्यलाई मध्यनजर गर्दै घरबाटै आउजाउ गर्नुहुन्छ,’ उनले भने, ‘उहाँको घर कर्णाली नदी नजिकै भएकाले कर्णाली नदीको माछा पनि खान पाइने र त्यसले स्वास्थ्यलाई पनि फाइदा हुने भएकाले टीकापुरबाटै मन्त्रालय आउजाउ गर्नुहुन्छ ।’
स्वकीय सचिव थापाका अनुसार मन्त्री चौधरीको मिर्गौलामा समस्या छ । मन्त्री चौधरी नियमित डायलाइसिस गर्छन् । माछा खाँदा स्वास्थ्य राम्रो हुने भएकाले पनि मन्त्री चौधरी टीकापुरबाट नै आउजाउ गर्ने गरेको उनका प्रमुख स्वकीय सचिव थापाले बताए ।
नागरीकबाट
१८ मंसिर २०८१, मंगलवार १६:३६ प्रकाशित