नीलगाई मारेकाे आराेपमा बाँकेबाट दुई जना पक्राउ
  • काँचुली खबर

१७ मंसिर, नेपालगन्ज । बाँकेमा जङ्गली जनावर नीलगाईलाई मारेको आरोपमा डिभिजन वन कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएको छ । राप्तीसोनारी गाउँपालिका ६ का लालबहादुर थारु र सुरेशशमसेर राणा भन्ने व्यक्तिलाई नीलगाईको मासुसहित नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

राप्ती सब डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत रामगणेश शाहले राप्तीसोनारी ६ लक्ष्मीराजपुरका लालबहादुर थारुको घरबाट नीलगाईको काटिएको अवस्थामा टाउको, खुर, मासु, छाला र भुँडी बरामद गरिएको जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

“हिजो राती उक्त घरमा नीलगाई मारेर ल्याएको सुराक हामीले पायौँ, सुराकका आधारमा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहितको हाम्रो टोली उक्त स्थानमा राती १ बजेको समयमा पुग्यौँ,” वन अधिकृत शाहले भने, “उक्त घरमा सुरेशशमसेर राणा भन्ने व्यक्तिलाई फेला पार्‍याेँ, उहाँलाई राती नै नियन्त्रणमा लियौँ, रातीको समयमा घर खानतलासी गरेनौँ, रातभर सबै जनाले उक्त घरलाई घेरा हालेर बस्यौँ र बिहान घर खानतलासी गर्‍याैँ ।”

“आज बिहान घर खानतलासी गर्दा ३९ किलोग्राम तौल बराबरको नीलगाईको टाउको, खुर, मासु, छाला र भुँडी गरेर बरामद गर्‍याैँ, घरधनी थारुलाई पनि आज बिहान नियन्त्रणमा लियौँ,” वन अधिकृत शाहले भने, “बरामद गरिएको मासुलगायतलाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन टोली, स्थानीयबासीको रोहबरमा खाडल खनेर गाड्यौँ र नियन्त्रणमा लिएका राणा र थारुलाई डिभिजन वन कार्यालयको थुनुवा कक्षमा राखेर प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।”

पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान सुरु गरेको र अनुसन्धानपश्चात् आवश्यक कानुनी कारबाही अगाडि बढाइने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

  • १७ मंसिर २०८१, सोमबार १९:४६ प्रकाशित
  • Nabintech