१७ मंसिर, काेहलपुर । नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितीले मंसिर २९ र ३० गते हुने चौथो नगर सम्मेलन तयारी लाई तिब्र पारेको छ । पालिका सम्मेलनलाई सफल पार्नका लागी १५ वटै वडा सम्मेलन सम्पन्न गरेको कोहलपुर नगर समितीले पार्टी सदस्य नबिकरणलाई तिब्रता दिदै नगर प्रतिनिधी छनोटको तयारीका भई रहेको कोहलपुर नगर अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
प्रतिनिधी छनोटका लागी कोहलपुर नगरपालिकालाई ३ कमाण्डमा बिभाजन गरि वडाका बिस्तारीत बैठक लगायत तयारी भईरहेको नेकपा माओवादी केन्द्रका बाँके संयोजक एवं कोहलपु १ देखी ५ वडा प्रतिनिधी छनोटका कामाण्ड संयोजक नरेन्द्र पाण्डेले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१ देखी ५ वडासम्म जिल्ला संयोजक पाण्डे, ६ देखी १० वडा सम्म केन्द्रीय सदस्य उषा पुन, ११ देखी १५ नं वडासम्म प्रतिनिधी छनोटको कमाण्ड संयोजक नगर ईन्चार्ज तुला राज बिष्ट बिहानीलाई दिईएको छ ।

वडा १ देखी ५ का संयोजक एवं जिल्ला संयोजक पाण्डेले सबै वडाहरुको बिस्तारीत बैठक भब्यता पुर्वक सम्पन्न भएको जानकारी दिए । त्यसैगरी ६ देखी १० नं. वडाका संयोजक उषा पुनले वडाका बिस्तारीत बैठक बसेर नगर सम्मेलन भब्य बनाउने बारे गहन छलफल भएको जानकारी दिए ।
११ देखी १५ नं. वडाका संयोजक नगर ईन्चार्ज तुलाराज बिष्ट बिहानीले केही वडामा तयारी बैठक सम्पन्न भएका र केहीमा बस्ने तयारी भईरहेको जानकारी दिए ।
नगर सम्मेलनका लागी २० गतेसम्म पार्टी सदस्य नबिरण, २५ गतेसम्म नगर प्रतिनिधी छनोट गरी भब्य रुपमा नगर सम्मेलन सम्पन्न गर्ने गरी तयारी भईरहेको जिल्ला संयोजक नरेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार जिल्लाभरका ८ वटै पालीकामा मंसिर २९ र ३० गते नगर सम्मेलन गर्ने तयारी छ । जसका लागी जिल्लामा रहेका केन्द्रीय सदस्यहरुको सोही अनुसार कार्यबिभाजन गरिएको छ । कोहलपुरमा केन्द्रीय सदस्य उषा पुन र जिल्ला संयोजक नरेन्द्र पाण्डे, बैजनाथमा स्थाई समिती सदस्य पुर्णा कुमारी सुबेदी, नेपालगंजमा प्रदेश सह सचिव अकल बहादुर बम र जिल्ला समिती अमिर केसी, नरैनापुरमा नरेन्द्र न्यौपाने, राप्ती सोनारीमा केन्द्रीय सदस्यद्धय कृष्णा केसी र पट्टु थारु, डुडुवा गाँउपालिकामा केन्दीय सल्लाहकार प्रकास सुबेदी, जानकीमा केन्द्रीय सदस्य अन्जना थारु, खजुरमा केन्द्रीय सदस्य आई पि खरेल र नेता डम्वर बिक तुफानलाई जिम्मेवारी दिईएको जिल्ला संयोजक पाण्डेले बताए ।

सबै पालिकामा ब्यापक जनपरिचालन सहित नगर अधिवेशन गर्ने तयारी रहेको पाण्डेले बताए । सम्भव भए सर्वसम्मत, नभए निर्वाचनको बिधीबाट नेतृत्व चयन हुने उनले जानकारी दिए ।
माओवादी केन्द्रको संसोधित बिधान अनुसार ५५ सदस्य गाँउ नगर कार्यसमिती हुने उल्लेख छ । जसमा ४५ निर्वाचित र १० मनेनित हुने ब्यवस्था छ । गाँउ/नगर कार्यसमितीमा अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरि ७ सदस्य पदाधिकारी रहने छन ।
१७ मंसिर २०८१, सोमबार १९:१६ प्रकाशित