१७ मंसिर, काठमाण्डौं । स्थानीय तहको उपनिर्वाचनमा आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र व्यवस्था विरोधी शक्तिका रुपमा उभ्याउँदै आएका पूर्वपञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कुनै प्रभाव देखिएको छैन । विभिन्न कारणले रिक्त रहेका ४४ पदमा भएको उपनिर्वाचनमा यी दुई दलले जमानत जोगाउन समेत सकेनन् ।
प्रमुख पार्टी र तिनका नेताहरुले देशको समस्या समाधान गर्न नसक्ने दावीका साथ ‘मिसन-८४’ चलाइरहेको रास्वपा काठमाडौँ-१६ को वडाध्यक्ष बाहेक अरु कुनै पनि स्थानमा प्रतिस्पर्धामै आउन सकेन । जम्मा २६ स्थानमा उम्मेदवारी दिएको रास्वपाको २५ ठाउँमा जमानत गुमेको छ ।
आगामी निर्वाचनमा एकल प्रतिस्पर्धा गरेर पार्टीलाई एकलौटी सरकारको नेतृत्व गर्ने हैसियतमा पुर्याउने दाबी गर्दै आएको रास्वपा पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको थियो । तर, उसले ग्रामीण इलाकामा मात्र होइन, शहरी मतदातालाई पनि आकर्षित गर्न सकेन ।
हुन त, केही निश्चित संख्यामा भएको उपनिर्वाचनको हार-जीतले गणितीय रुपमा धेरै ठूलो अर्थ नराख्न सक्छ । तर, आमचुनाव भएको तीन वर्ष बितिसकेकाले यो निर्वाचनलाई जनमत परीक्षणका रुपमा समेत हेरिँदा राप्रपा र रास्वपाप्रति मतदाताले उत्साह र भरोसा देखाएको पाइएन । अधिकांश स्थानमा यी दुई पार्टीका उम्मेदवारले सय भोट पनि कटाउन सकेका छैनन् ।
यो समाचार तयार पार्दासम्म ३७ स्थानको अन्तिम परिणाम आइसकेको छ । तीमध्ये प्रमुख पार्टीहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले अधिकांश ठाउँमा जीत दोहोर्याउँदा आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने रास्वपा र जनताको मतबाटै राजतन्त्र स्थापना गर्ने बताउँदै आएको राप्रपाले पाएको मत विवरण यस्तो छ :
कोशी प्रदेश :
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष – नवीनकुमार विश्वास खवास ३७५ (रास्वपा), दिनेश कुमार थान्दारले ५५५ (राप्रपा)
झापाको कन्काइ नगरपालिका ६ – नारायणप्रसाद सिटौला २६ (राप्रपा)
ताप्लेजुङ्गको सिरीजंघा ३ – देवीप्रसाद पौडेल ७ (रास्वपा)
तेह्रथुमको लालीगुराँस ८ – संजिव खड्का ३८ (रास्वपा), रत्नबहादुर श्रीपाली ४ (राप्रपा)
सुनसरीको गढी ६ – कविता कुमारी उराव ८७ (राप्रपा), शशी कुमार साउ ३३ (रास्वपा)
ओखलढुंगाको मोलुङ्ग ५ – विष्णुप्रसाद पोखरेल १५१ (रास्वपा), चन्द्रमणि दाहाल ३ (राप्रपा)
उदयपुरको त्रियुगा १२ – लालबाबु साह १७ (राप्रपा), ध्रुवप्रसाद पोखरेल २०२ (रास्वपा)
मधेश प्रदेश :
सप्तरीको डाक्नेश्वरी १ – सतिश कुमार चौधरी थारु १६५ (राप्रपा)
डाक्नेश्वरी ४ – रामकुमार यादव ६ (राप्रपा)
धनुषाको धनुषाधाम १ – रामदेव सिंह दनुवार २७ (राप्रपा), रामनरेश दास १० (रास्वपा)
महोत्तरीको रामगोपालपुर २ – खुरसैद खाँ ४ (रास्वपा), मनान खाँ २ (रापप्रा)
रौतहटको इशनाथ ७ – मदन शाह १४ (राप्रपा), शेख असराज ६ (रास्वपा)
गढीमाई ८ – रामवालक साह ४ (राप्रपा)
राजपुर ६ – रामनारायण प्रसाद जयसवाल १७ (रापप्रा)
बागमती प्रदेश :
नुवाकोटको ककनी २ – मंगलसिद्धी लामा तामाङ ८३ (रास्वपा), खेम बहादुर थापा २८ (राप्रपा)
मकवानपुरको हेटौडा १२ – प्रेम बहादुर भोलन १७८ (राप्रपा), आशा विर बल ८३ (रास्वपा)
गण्डकी प्रदेश :
गोरखा नगरपालिका ५ – मंगल बहादुर थापा ८२ (रास्वपा), कल्पना राना १२ (राप्रपा)
लुम्बिनी प्रदेश :
गुल्मीको मुसिकोट १ – विकास थापा ४३ (रास्वपा), इश्वरी खाती ५ (राप्रपा)
कपिलवस्तुको सुद्धोधन – अवधेश कुमार चौधरी ९२ (रास्वपा), इनताज अहमद धोवी ६६ (राप्रपा)
रोल्पाको रुन्टीगढी गाउँपालिका ४ – पहल बहादुर वली १० (राप्रपा), हिमबहादुर पुन ७ (रास्वपा)
बर्दियाको ठाकुरबाबा ४ – रत्न ५२ (राप्रपा), बासुदेव शर्मा १७ (रास्वपा)
कर्णाली प्रदेश :
कालिकोटको तिल्गुफा ७ – गोगन बहादुर शाही १५ (राप्रपा), गगन बम ५ (रास्वपा)
जाजरकोटको कुसे ७ – लाल बहादुर खत्री ८ (राप्रपा)
नलगाड उपप्रमुख – पार्बती पुन १७९ (रास्वपा)
दैलेखको दुल्लु १३ – रेशम वहादुर मल्ल १३ (राप्रपा), राम बहादुर शाही ५३ (रास्वपा)
दैलेखको महाबु गाउँपालिका अध्यक्ष – प्रकाश कुमार बुढा ११२ (रास्वपा), सुर्जे रावत ४७ (राप्रपा)
सुदूरपश्चिम प्रदेश :
डोटीको पूर्वीचौकी ६ – जानकी कुमारी खडका ३१ (रास्वपा)
कञ्चनपुरको भीमदत्त ६ – सुशिल कुमार भट्ट ३६९ (राप्रपा), राम दत्त भट्ट २१८ (रास्वपा)
१७ मंसिर २०८१, सोमबार १७:३५ प्रकाशित