आजदेखी एनपिएल सुरु, कति छ पुरस्कार ?
  • काँचुली खबर

१५ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने लिगको पहिलो संस्करणको खेलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

आजदेखी सुरु भएको लिग अन्तर्गत उद्घाटन खेलमा जनकपुर बोट्ल्स बिजयी भएको छ । विराटनरग किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोट्ल्सले विजयी सुरुवात गरेको छ ।

एनपिएलको विजेताले एक करोड १० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

एनपिएलको शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटनको क्रममा नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार एक करोड ११ लाख पाउने घोषणा गरेको हो ।

प्रतियोगिताको उपविजेतालाई ५० लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै तेस्रोलाई ३० लाख र चौथो हुने टोलाई २० लाख रूपैयाँ प्रदान गरिनेछ।

नेपाली खेलकुद इतिहासमा यो पुरस्कार अहिलेसम्मकै ठूलो हो।

यसअघि अखिल नेपाल फुटबल संघले एक पटक राष्ट्रिय लिगको विजेता थ्री स्टारलाई १ करोड पुरस्कार दिएको थियो।

चार टोलीको कुल पुरस्कार राशी २ करोड ११ लाख रूपैयाँ छ। यो पनि नेपाली प्रतियोगिताको सर्वाधिक पुरस्कार हो।

  • १५ मंसिर २०८१, शनिबार १५:३७ प्रकाशित
  • Nabintech