६ मंसिर, नेपालगंज । नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका ८ वटै पालिकाको अधिवेशन एकसाथ गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी माओवादी केन्द्रले अधिवेशनको तयारीका बारेमा जानकारी गराएको हो ।
यहि मंसिर २९ र ३० गते बाँकेका ८ वटै पालिकामा अधिवेशन गर्ने गरी नेताहरुको कार्य बिभाजन गरिएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिए ।
अधिवेशनकालागी खजुरा गाउँपालिकामा आइपी खरेल र डम्बर बहादुर बि.क. (तुफान), डुडुवा गाउँपालिकामा प्रकाश सुवेदी (चन्द्रकान्त) र गेहराज शर्मा (नवीन), बैजनाथ गाउँपालिकामा जिल्ला ईन्चार्ज पूर्णा कुमारी सुवेदी, नरैनापुर गाउँपालिकामा नरेन्द्र न्यौपाने, जानकी गाउँपालिकामा अन्जना चौधरी, कोहलपुर नगरपालिका उषा पुन र नरेन्द्र पाण्डे (जेम्स), राप्तीसोनारी गाउँपालिकामा कृष्णा के.सी. (नमुना) तथा नेपालगंज उपमहानगरपालिकामा अकल बहादुर बम र डिल्ली बराललाई सम्मेलन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको पाण्डेले बताए ।
अधिवेशनकै लागि सम्वन्धित पालिकामा रहेका प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य, प्रदेश सल्लाहकार, प्रदेश परिषद सदस्यहरुको पनि कार्य विभाजन गरीएको संयोजक पाण्डे जानकारी दिए ।
जिल्लाका ८१ वडामा अधिवेशन सम्पन्न गरीसकेकाले यहि मंसिर १५ गतेसम्म पार्टी सदस्यता नवीकरण तथा लेवी अभलेखिकरण सक्ने र २५ गतेसम्म वडाबाटै प्रतिनिधि छनौट गरी अधिवेशनमा जाने गरी तयारी थालिएको पाण्डेले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला ईन्चार्ज पूर्णा कुमारी सुवेदीले पार्टी रुपान्तरण तथा पार्टी जिवनमा अधिवेशक निकै आवश्यक हुने बताईन । उनले अहिले हुने पालिका अधिवेशनमा प्रत्यक्ष निर्वाचनबाट सदस्य तथा पादाधिकारी छनौट गरीने जिकिर गरीन ।
नेकपा (माओवादी केन्द्र) को सरकारमा हुँदा भ्रष्टाचार नियन्त्रण र समाजिक न्यायको क्षेत्रमा राम्रो काम गरेकाले जनतामा माओवादी प्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै सुवेदीले पछिल्लो समय माओवादी प्रति जनलहर देखिन थालेको बताईन ।
पत्रकार सम्मेलन जिल्ला संयोजक नरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा बाँके ईन्चार्ज पूर्णा कुमारी सुवेदी, केन्द्रिय सल्लाहकार समिति सदस्य प्रकास सुवेदी चन्द्रकान्त र जिल्ला समन्वय समिति सदस्य डिल्ली बराल अमिरको उपस्थिति रहेको थियो ।
६ मंसिर २०८१, बिहीबार १७:१६ प्रकाशित