नौबस्ता सुधार गृहबाट भागेका बाल बिजाइँकर्ता भेटिएनन्
  • काँचुली खबर

२ मंसिर, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता सुधार गृहबाट फरार भएका तीन जना बाल बिजाइँकर्ता फेला परेका छैनन् । उनीहरु कात्तिक २६ गते भागेका हुन् ।

सुधार गृहबाट भागेको यो पहिलो घटना भने होइन । गत वर्ष पुस १५ गते यो बाल सुधार गृहबाट २३ जना बाल बिजाइँकर्ता भागेका थिए । जसमा १२ जना सम्पर्कमा आए पनि ११ जना अझै भेटिएका छैनन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको बाल सुधार गृहमा अग्लो पर्खाल भए पनि रातिको समयमा फलामका तारहरु काटेर बाल बिजाइँकर्ता भागेको पाइएको छ । सुधार गृहको सी ब्लकमा कर्तब्य ज्यान उद्योगमा सजाय काटिरहेका बाँकेका २१ वर्षीय, ज्यान मार्ने उद्योगका दाङका २१ वर्षीय र जबरजस्ती करणी र कर्तब्य ज्यान उद्योगमा प्यूठानका १९ वर्षीय बाल बिजाइँकर्ता फरार भएका हुन् ।

उनीहरु अदालतबाट फैसला भएर १० देखि १५ वर्ष कैद भुक्तान गर्न बाँकी रहेका हुन् । जिल्ला प्रहरी बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले भागेका बाल बिजाइँकर्ताको खोजीमा जिल्लाका प्रहरी युनिट, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा निकायलाई परिचालन गरिएको बताए ।

नौबस्ता बाल सुधार गृहमा करिब १२५ जना बाल बिजाइँकर्ता थिए । एउटा ब्लकमा रहेका २५ जना मध्ये कात्तिक २६ गते तीन जना भागेका हुन् । ‘साँझ सबै बाल बिजाइँकर्ता थिए, बिहान गणना गर्दा तीन जना भागेको पाइयो,’ एसपी कार्कीले भने, ‘के कसरी उनीहरु भागे भन्ने अनुसन्धान सुरु गरेका छौं । खोजीमा जिल्लाका सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।’

उक्त बालसुधार गृहमा नेपाल प्रहरीका नायब निरीक्षक (सई)को कमाण्डमा ३९, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा ३४ जनाले सुरक्षा दिन्छन् । उनीहरु भागेको विषयमा छानबिन गर्न जिल्ला प्रशासन बाँकेले एक समिति पनि बनाएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपाल प्रहरी, सशस्त्र प्रहरीका डीएसपी, राष्ट्रिय अनुसन्धानका अधिकृत र कारागार प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ । बन्दीहरू भागेकै दिन गठन गरिएको उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यभार दिइएको प्रजिअ रिजालले बताए ।

यसैबीच, सुधार गृहको अनुगमन गर्न पुगेका लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले कैदीहरू भाग्नुका पछाडि शंकास्पद कारणहरू देखिएको बताए । उनले बन्दीहरूलाई भेट्ने भवनमाथि चढेर भागेको देखिएको र चारैतिर सशस्त्र प्रहरीको पहरा भए पनि कसरी भागे भन्ने विषयमा थप छानबिन केन्द्रित गर्न निर्देशन दिएको बताए ।

नौ बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार जना क्षमताको छ । देशभरिकै कारागारमा कैदीबन्दीको संख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो ।

डुडुवास्थित बाल सुधार गृहमा बाल बन्दी बीच झडपका घटना हुन थालेपछि १८ वर्ष माथिका सबैलाई कारागारमा राख्ने अवधारणाका साथ क्षेत्रीय कारागारमा बाल सुधार गृह स्थापना गरिएको थियो । सोही क्षेत्रीय कारागारभित्र रहने गरी नौबस्ता बाल सुधार गृह सञ्चालनमा छ ।

‘डुडुवा गाउँपालिका-६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहभित्र रहेका १८ वर्षमाथिका बाल बिज्याइाकर्तालाई नौबस्तामा राख्न कारागार विभागबाट अनुमति लिएर राखिएको हो,’ बाल सुधार गृहका प्रमुख श्याम रानाले भने, ‘डुडुवामा नियमित झडप र बिबाद भएपछि त्यो टोलीलाई नै यता सारियो तर पनि सुधार गृहभित्रको बिबाद भडपको समस्या भने समाधान भएको छैन ।’

डुडुवामा रहेको बाल सुधार गृहमा अघिल्लो वर्ष असोज ४ गते राति बाल बन्दी बीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । २०८० असोज २६ गते नौबस्तास्थित क्षेत्रीय कारागार सञ्चालन गरिए पछि चार वटा ब्लकमध्ये एउटामा बाल सुधार गृह सञ्चालन गरिएको छ ।

  • २ मंसिर २०८१, आईतवार १५:३० प्रकाशित
  • Nabintech