२७ कात्तिक, काठमाण्डौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) तीन वर्ष जेलमा बस्नु पर्ने भएको छ । काठमाडौंको सानोभर्याङ स्थित कम्फर्ट हाउजिङबाट मंगलबार बिहान पक्राउ परेका मनाङेलाई पाटन अदालतले २०६९ साउन २८ गते ५ वर्ष कैद सुनाएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले गत कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेपछि उनले ५ वर्ष जेलजीवन विताउनु पर्ने भएको हो । तर उनले यसअघि २ वर्षए जेल बसिसकेकाले ३ वर्ष जेलमा बस्नु पर्ने भएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तरबार प्रहार गरेर गुन्डा नाइके चक्रे मिलनको हात छिनाएको घटनामा उनलाई अदालतले दोषी ठहर गरेको हो ।
२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको घटनामा जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैदको फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध तत्कालीन पुरावेदन अदालत पाटनमा सरकारले पुनरावेदन निवेदन दिएको थियो ।
उच्च अदालतको फैसलापछि २०७५ वैशाख ६ गते उनी काठमाडौँबाटै पक्राउ परेका थिए। तर पक्राउ पर्नुअघि फैसलाउपर सर्वोच्च नगएका उनले त्यसपछि भने उच्चको फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।
निवेदन दिएपछि इजलासले २७ हजार ३७५ रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।
आदेशसँगै पुस ६ गते मनाङे डिल्लीबजार कारागारबाट छुटेका थिए। रिहा भएको ६ वर्षपछि फेरि उनी जेल फर्किएका छन् ।
२७ कार्तिक २०८१, मंगलवार १३:०० प्रकाशित