२२ कात्तिक, काेहलपुर । आफ्नै छात्रालाई जवरजस्ती करणी गरेकाे आराेपमा काेहलपुरबाट एक जना पक्राउ परेका छन । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेकाे सेन्चुरी एजुकेशनल एकेडेमीका संचालकलाई जवरजस्ति करणी गरेको आरोपमा पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।
पिडित भनिएकी बालिकाले आफुलाई जवरजस्ति करणी गरेको भनि प्रहरीकहाँ उजुरी गरेपछि उनलाई पक्राउ परेको ईलाका प्रहरी कार्यालय काेहलपुरले पुष्टि गरेको छ । पिडित बालिका आफ्नै विद्यालयकी छात्रा हुन वा बाहिरकी हुन भन्ने कुरा प्रहरीले खुलाएको छैन ।
विद्यालयले तिहारकाे अवसरमा देउसि-भैलो कार्यक्रम सञ्चालन गरेको र सोहि समयमा उक्त घटना घटेको हुन सक्ने भन्दै अनुसन्धान प्रक्रिया अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका शिक्षकलाई ईलाका प्रहरी कार्यालय काेहलपुरकाे हिरासतमा राखिएकाे छ ।
यसअघिकाे समाचारमा विद्यालय संचालक हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छाैं : स
(व्यक्तिगत गाेपनियताका कारण हामिले समाचारमा पिडक भनिएका ब्यक्तिकाे नाम उल्लेख गरेका छैनाैं: स)
२२ कार्तिक २०८१, बिहीबार ११:०५ प्रकाशित