१३ कात्तिक, नेपालगन्ज । भारतसँग नाका जोडिएको बाँके जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर बाँकेमा प्रहरी प्रशासनले दसैँजस्तै तिहारका लागि पनि सुरक्षा व्यवस्था कडा बनाएको छ।
तिहार र दीपावलीको समयमा जुवातास, पटाका आयात गर्ने, पड्काउने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने कार्यहरू बढी हुने गरेकोले सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी आयुसप्रसाद जोशीले जिल्लाको सुरक्षा व्यवस्था बलियो बनाउन पटाका आयात र पड्काउने तथा जुवातास विरुद्ध विशेष अभियान सञ्चालन गरिएको जनाउँदै देउसी भैलोको पनि समय निर्धारित गरिएको बताए ।
उनले दसैँ र तिहारका लागि जिल्ला प्रहरी कार्यालयले तयार पारेको सुरक्षा योजना अनुसार नै सुरक्षा व्यवस्था मिलाइएको जनाउँदै सोही बमोजिम जिल्लामा करिब एक हजार प्रहरी परिचालन गरिएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाँके जिल्ला शान्ति सुरक्षाको हिसाबले निकै संवेदनशील जिल्ला भएको जनाउँदै सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइएको बताए ।
उनले राति १० बजेपछि देउसीभैलो खेल्न पनि निषेध गरिनुका साथै पटाका आयात, बिक्री र पड्काउन समेत रोक लगाइएको र जुवातासमा पनि कडा निगरानी बढाइएको बताए ।
१३ कार्तिक २०८१, मंगलवार १८:५२ प्रकाशित