१३ कात्तिक, कोहलपुर । कोहलपुरकी विष्णु चौधरीले फूल बेचेर वार्षिक ७ लाख बढी कमाउँदै आएकी छन । कोहलपुरकै पहिलो पुष्प खेती गर्ने महिला व्यवसायीको पहिचान बनाएकी चौधरीले सात कठ्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब तीन क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको बताउँछिन । नेपाली विषयमा डिग्री गरेकी चौधरीले आफूले फूल बिक्री गरेरै बार्षिक पाँच देखी सात लाख रुपियाँ आम्दानी गर्दै आएको बताईन ।
उनले गत वर्ष फूल धेरै बिक्री नहुँदा घाटा लागेको जनाउँदै यस वर्ष गत वर्षको घाटा पनि पूर्ति हुनेगरी बिक्री हुने आशा गरेको बताईन। केही वर्ष अघि कैलाली घुम्न गएको बेला त्यहाँ लगाईएको सयपत्री फूलको खेती हेरेर आफूले पनि सो खेती शुरु गरेको चौधरीको भनाइ छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुरकै अर्का पुष्प व्यवसायी कोहलपुर १३ का कर्णबहादुर थापाले पनि आठ कठ्ठा जग्गामा लगाएको सयपत्री फूल वार्षिक करिब पाँच क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको बताउँछन ।
‘लकडाउनमा जनजीवन अस्तव्यस्त थियो, के गर्ने के गर्ने भन्ने सोचमा थिए, घरमा बसिरहेको बेला यूटुव हेर्दै गर्दा पुष्प खेतीको भिडियो आयो त्यसलाई हेरे जसले गर्दा पुष्प खेती गर्न जागरुक गरायो,’ थापाले भने ।
बाँके राष्ट्रिय निकुञ्ज नजिकै भएकोले जङ्गली जनावरबाट पनि क्षति नहुने पुष्प खेती आम्दानीका लागि उपयूक्त हुने भएकोले सयपत्री फूलको खेती गर्न थालेको थापाको भनाइ छ । उनले भने ‘निरन्तर भारतमा गएर कमाउन जाने तीन जनालाई रोजगारी दिएको छु, अहिले वार्षिक करिब पाँचदेखि सात लाखसम्म आम्दानी हुन्छ ।’
गतवर्ष प्रचार प्रसारको अभावमा विक्री नभएर तीन क्विन्टल सयपत्री फूल खेर गएको थियो, जसले केही घाटा लाग्यो तर यो पटक भने केही राहत मिल्ने थापाको भनाइ छ ।
स्थानीय स्तरमा उत्पादन भएका प्राकृतिक फूलहरुलाई प्रवर्धन गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले पुष्प खेतीको स्टल निर्माण गरी विक्री वितरणमा सहयोग पुग्ने गरी योजना बनाएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
केही वर्ष पहिलेसम्म तिहार र दीपावलीका लागि भारतबाट फूल आयात गर्नुपरेकोमा हाल आएर जिल्लामै पुष्प उत्पादनमा वृद्धि हुँदै गएपछि अहिले स्वदेशी फूलले बजार ओगटेको छ ।
बाँकेको कोहलपुर, राप्तीसोनारी र नेपालगन्जमा व्यावसायिक रुपमै पुष्प खेती हुन थालेपछि तिहारका लागि प्रयाप्त फूल पाउन थालेको हो ।
१३ कार्तिक २०८१, मंगलवार १३:४१ प्रकाशित