११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल तनावपूर्ण विवादित र रोमाञ्चकताले भरिपूर्ण रह्यो ।
तनाव, रेफ्रीको विवादित निर्णय, दर्शकको नारवाजी, साम्बाको उत्कृष्ट गोल अनी पेनाल्टीमा नेपालको जित ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा एक घण्टा भन्दा बढी समय अबरुद्ध भएको खेलको मुख्य विशेषता यीनै रहे ।
अन्तत सावित्रा भण्डारी साम्बाको अग्रेसन र गोल अनी पेनाल्टी सुटआउटमा अन्जनको बचाउने नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ४-२ ले हराएर लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा स्थान बनायो ।
त्यसअघि निर्धारित समयमा रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल एक खेलाडी कममा खेलेको थियो । त्यसको फाइदा उठाउदै संगिता बासफोरेले भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि खेल रोकियो र तनावग्रस्त बन्यो अनी खेल फेरि सुरु भएपछि उनै सामबाले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काएकी थिइन् ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टीसुटआउटबाट भएको थियो ।
नेपालले साफमा भारतलाई लगातार दोस्रो पटक हराएको हो भने समग्रमा छैटौं पटक साफको फाइनलमा पुगेको हो । नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ ।
खेलको नतिजा बाहेक पनि यस खेलमा धेरै इमोसन र एग्रेसन अनी ड्रामा मिसिएको थियो । त्यसमा मुख्य रेफ्रीको गलत निर्णयले पनि भूमिका खेल्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ भने विवादित बन्यो । ५१औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउ मैदान बाहिरिइन् । उनले दोहोरो पहेँलो कार्ड पाएपछि रातो कार्ड पाएकी थिइन् । तर उनको गल्ती देखिएको थिएन । त्यस पछि खेल केही बेर रोकिएको थियो ।
तर खेलको असली विवाद तब भयो जब नेपालले गरेको बराबरी गोलले मान्यता पाएन अनी दर्शककले रेफ्रीलाई लक्षित गर्द मैदानमा बोतल फाल्न थाले । ७१औं मिनेटमा संगिता बासफोरेले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । त्यसमा भारतले ठूलै खुशीयाली मनाएको थियो । मैदानका खेलाडी बेन्चका खेलाडी र कोचिङ स्टाफहरु सबैले मैदानको साइडमा खुशी मनाइरहेका थिए ।
त्यसैबेला नेपालले सेन्टरबाट बल चलायो । सावित्रा भण्डारीले चलाउँदै दिउको पासमा प्रीति राईले ७२औं मिनेटमानेपालका लागि बराबरी गोल फर्काइन् । यतिबेलासम्म रेफ्रीले बल चलाउन दिइसकेको थियो र नेपालको गोलको मान्यता पनि दिएको थियो । भारतका केही खेलाडी बल बचाउन गर्न पनि गएका थिए तर धेरै जसो भने खुशीमै रमाइरहेका थिए ।
नेपाली खेलाडी र बेन्च भने गोलको खुशी मनाउन थालिसकेका थिए । तर स्कोर बोर्डमा नेपालको गोल देखाइएन । नेपालले गरेको गोलले मान्यता नपाएपछि नेपाली खेलाडी कोचिङ स्टाफ सबै जना त्यसको प्रतिवादम उत्रन थाले ।
नेपालको गोलले मान्यता नपाएपछि नेपाली खेलाडीले फेरि सेन्टरबाट बल चलाए । ७३ मिनेट र केही सेकेण्डको खेल चलिरहेको बेला दर्शकले बोतल हान्न थाले ।
रेफ्री आफैँले सुरुमा गोल मान्यता दिएर पछि मान्यता नदिएपछि खेल तनावग्रस्त बन्यो र १ घण्टा भन्दा बढी समय सम्म खेल रोकियो । यस बीचमा नेपाली खेलाडी, कोचिङ स्टाफ, व्यवस्थापक, म्याच कमिसनर, रेफ्री एसेसर, रेफ्री, असिस्ट्यान्ट रेफ्रीहरुबीच लामो छलफल भइरहेको थियो ।
खेलपछि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई कारण देखाउँदै नेपालको गोललाई मान्यता नदिएको बताए । रेफ्रीले नै गोल मान्यता दिएर पछि मान्यता नदिएकोले यो अवस्था आएको तामाङले बताए ।
‘रेखा पौडेलको फल भएपछि रेड कार्ड भयो । हामी १० जनामा समिति भयौँ । त्यसपछि प्रेसर भयो । त्यसैले अर्गनाइज नहुँदै गोल खानपुग्यो । लगत्तै हामीले गोल गर्यौँ । तर रेफ्रीले मान्यता दिनुभएन । त्यसपछि हामीले तपाईँ आफैले खेल्न अलाउ गर्नुभयो खेल भनेर । हामी हामीले गोल गरेपछि गोल इशारा पनि दिनुभयो ।’ तामाङले पोष्ट म्याच कन्फ्रेन्समा भने ।
तर गवलको मान्यता नपाएपछि रेफ्रीले दुई कारण दिएको तामाङले बताए । ‘किन त भनेर भन्दा उताको कोच लाइन भित्र छिरिकोले तपाईँको गोलले मान्यता पाएन भन्नुभयो । यो त कसरी हुन्छ र तपाईले मान्यता दिइसक्नुभएको गोल निश्चित गोल भइसक्यो । छलफल हुँदा हुँदै किपर गोलपोष्ट छाडेर यता आएको भनेर गोलको मान्यता भएन भन्नुभयो ।’ तामाङले भने ।
यो निर्णयपछि खेलाडीहरु निरशा बनेको र त्यसैले गर्दा लामो समय खेल रोकिएको तामाङले बताए । ‘त्यो दुई कारण दिनुभयो । यसबाट खेलाडीहरु त निश्चित रुपमै निराश हुने भयो । मैले त रोक भन्ने इशारा गरेको उनीहरुले चलाइदियो भन्नुभयो रेफ्रीले । त्यहाँ कुरा बाजियो । त्यसमै हामी डिबेट गरेर बस्दा अली लामो समय लाग्यो ।’
नेपाली फुटबलमा अहिलेसम्म नदेखिएको अवस्था यस खेलमा देखियो । खेल नै सकिने बेलासम्म पनि खेल फेरि सुरु नहुँदा दर्शक अन्योलमा थिए । अब के हुन्छ ? के नतिजा आउँछ भनेर ?
खेलाडीहरु त खेल्न मानिरहेका थिए । उनीहरु गोलले मान्यता पाउनुपर्छ भनेर माग गरिरहेका थिए । तर त्यसपछि खेल रद्द गर्ने कारवाही गर्ने जस्ता कुराहरु उठेपछि नेपाली टोली अन्तिममा खेल्न तयार भएको प्रशिक्षक तामाङले बताए । ‘अन्तिममा खेल नै अबान्डन्ड गर्ने, कारवाही गर्ने, फाइन तिराउने लगायत कुरा भयो । त्यस्तो टाइपको कुरा आयो अब फाइन तिरानउपर्छ, सस्पेन्स गराउनुपर्छ भन्ने भयो । अन्तिममा खेलाउने भन्ने कुरा भयो । खेलाडीहरु गोल मान्यता नपाए कसरी खेल्ने भनिराथे ।’ प्रशिक्षक तामाङले भने, ‘पछि हामीलाई समर्थन गर्न यति धेरै दर्शक आउनुभएको छ । दर्शकको लागि खेल्नुपर्छ । एफएको इज्जतको लागि, खेलाडीका लागि भएपनि खेल्नुपर्छ र आगामी दिनमा पनि फेरि खेल्नुपर्छ भनेर हामीले रिस्टार्ट गर्यौँ ।’
‘साम्बालाई अगाडि मात्र खेल्न दियौँ’
लामो वहसपछि खेल फेरि सुरु भयो । खेल फेरि सुरु हुँदा ६४औं मिनेट देखि सुरु भएको थियो । खेल सुरु भएलगत्तै नेपाली गोल मेसिस साम्बाले बराबरी गोल फर्काइन् । प्रीति राईले उपलब्ध गराएको पासमा साम्बाले सानदार गोल गरिन् । लगत्तै उनले जर्सी नै फुकालेर सानदार सेलेब्रेसन पनि गरिन् ।
खेल रोकिएर फेरि सुरु भएपछि नेपालले डिफेन्सलाई बलियो बनाउने र काउन्टर अट्याकमा साम्बालाई बल दिएर गोल गर्ने रणनीति बनाएको थियो । त्यसमा नेपाल सफल भयो ।
‘खेल सुरु भएपछि हामी १० जना थियौँ । हामीले साम्बालाई पछाडी आउनुपर्दैन भनेर अगाडि खेलायौँ । ८ जना र किपरलाई कमब्याकट बनाएर सामबालाई बल दिनुपर्छ भनेका थिया । साम्बालाई बल दिए गोल निस्कन्छ भन्ने थियो । गोल पनि भयो ।’ प्रशिक्षक तामाङले भने ।
त्यसपछि नेपाललाई फाइदा र भारतलाई घाटा हुँदा भारत दबाबमा परेको उनले बताए । नेपालको डिफेन्सले अनुशासित भएर खेलको भन्दै तामाङले प्रशंसा गरे । निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो ।
पेनाल्टीलाई मध्यनजर गर्दै नेपालले खेलको अन्त्यतिर कप्तान तथा नियमित किपर एन्जला तुम्बापो सुब्बाको स्थान अन्जना राना मगरलाई मैदान पठाएको थियो ।
प्रशिक्षक तामाङले अन्जनालाई पेनाल्टीमा प्रयोग गर्ने योजना रहेको र त्यही अनुसार गरेको बताए । ‘अन्जनालाई अन्तिममा ट्राई गर्ने योजना थियौँ । त्यही गर्यौँ । पेनाल्टी रोक्यो राम्रो भयो ।’
नेपालाई जिताउन महत्वपूर्ण भूमिका खेलेकी साम्बा नै खेलको प्लेअर अफ दि म्याच घोषित भइन् । उनले आफूले अवसर पाए गोल गर्छु भन्ने आत्मविश्वास रहेकोले त्यही अनुसार खेलेको बताइन् ।
गोल पछि जर्सी खोल्ने बारे सोध्दा उनले त्यो समयमा आफैँ त्यो भएको बताइन् । यस्तै साम्बाले आफ्नो आइडल क्रिस्टियानो रोनाल्डोले शैलीमा जर्सील देखाएर सेलेब्रेसन समेत गरेकी थिइन् । साम्बाको गोल सेलेब्रेसन खुबै चर्चित बनेको थियो र उनको फोटो पनि भाइरल बनेको छ ।
१२ कार्तिक २०८१, सोमबार ०१:२२ प्रकाशित