एनपीएल खेल्न २५६ विदेशी खेलाडी ईच्छुक
  • काँचुली खबर

१० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाल प्रिमियर लिग ९एनपीएल०मा सहभागी हुने ८ फ्रेन्चाइजलाई २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध गराएको छ ।

त्यसमा २० जना खेलाडीको मुल्यसहित सूची उपलब्ध गराइएको छ । फ्रेन्चाइजले यो सूचीभन्दा बाहिरका विदेशी खेलाडीहरु पनि आवद्ध गर्न सक्छन् । एनपीएलमा हरेक फ्रेन्चाइजले ४-४ जना विदेशी खेलाडी आबद्ध गर्नेछन् । यसको मतलब प्रतियोगितामा ३२ जना विदेशी खेलाडीको सहभागिता रहने छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अफगानिस्तानका १०, बंगलादेशका ५, क्यानडाका तीन, इङ्ल्यान्डका ५४, भारतका १५, अमेरिकाका ८, आयरल्यान्डका ९, नामिबियाका तीन, मलेसियाका एक, नेदरल्यान्ड्सका ४, न्युजिल्यान्डका ८, ओमानका ७, पाकिस्तानका ४०, स्कटल्यान्डका ८, दक्षिण अफ्रिकाका ८, श्रीलंकाका ६, यूएईका २७, युगान्डाका एक जना, वेस्ट इन्डिजका १५ जना र जिम्बावेका ८ जना खेलाडीको नाम फ्रेन्चाइजहरुलाई उपलब्ध गराइएको छ ।

सम्बन्धित खेलाडिहरुले देखाएको रुचीका आधारमा उनीहरुको नाम फ्रेन्चाइजलाई उपलब्ध गराइएको बुझिएको छ । प्रतियोगिताका लागि भारतीय खेलाडीहरुले ३ करोड रुपैयाँसम्म माग गरेका छन् । सुरेश रैना र शिखर धवनले ३-३ करोड भारतीय रुपैयाँ दिए प्रतियोगिता खेल्ने जानकारी गराएका छन् ।

एनपीएलमा फ्रेन्चाइजले नेपाली खेलाडीलाई २ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्चिएका छन् । मार्की खेलाडिको हकमा २०-२० लाख रुपैयाँ दिइएको छ । एनपीएल आगामी मंसिर १६ देखि सुरु हुँदैछ । प्रतियोगिताका लागि फ्रेन्चाइजहरुले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् । वेस्ट इन्डिज र दक्षिण अफ्रिका अनि इङ्ल्यान्डका खेलाडीहरु आबद्ध भइसकेका छन् । प्रतियोगितामा हरेक फ्रेन्चाइजसँग १२ नेपाली र ४ विदेशीसहित १६ सदस्यीय टीम हुने छ ।

  • १० कार्तिक २०८१, शनिबार १६:१४ प्रकाशित
  • Nabintech