बिचौलियाले बनाएको सरकार आफैँ कुहिएर ढल्छ : प्रचण्ड
  • काँचुली खबर

१० कात्तिक, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार ढाल्नका लागि नभई खबरदारी गर्न माओवादी सडकमा आएको बताएका छन् । शनिवार काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने अहिलेको सरकार आफैँ कुहिएर झर्ने टिप्पणी गरे ।

उनले माओवादीले खबरदारी सभा गर्ने बित्तिकै सत्तापक्ष आतङ्कित भएको बताउँदै अझै भ्रष्टाचारीलाई संरक्षण नगर्न चेतावनी दिए ।

अध्यक्ष प्रचण्डले माओवादीले सरकारको भ्रष्ट गतिविधिमाथि खबरदारी नगर्ने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने बताए । संविधान र गणतन्त्रको रक्षाका लागि खबरदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै सडकबाट सरकार फाल्न नलागेको टिप्पणी गरे ।

उनले कांग्रेस र एमालेसँग समीकरण गरेर गल्ती गरेको महसुस गरेको र मन्त्री प्रधानमन्त्री बनाइदिनुस् भनेर नआउने बताए । भ्रष्ट पार्टी र तिनका नेताको सङ्गतले माओवादी बिग्रँदै गएकोले सच्चिएर अघि बढ्ने बताउँदै ढुक्कले सरकार चलाउन आग्रह गरे ।

  • १० कार्तिक २०८१, शनिबार १५:५४ प्रकाशित
  • Nabintech