सल्यानबाट दाङ आउँदै गरेकाे जिप दुर्घटना, दुई जनाकाे मृत्यु
  • काँचुली खबर

१० कात्तिक, दाङ ।  सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर-३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्का रहेका  छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  ।

उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना  गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । रासस

  • १० कार्तिक २०८१, शनिबार ०८:४१ प्रकाशित
  • Nabintech