रविलाई थप सात दिन हिरासतमा राख्न अनुमति
  • काँचुली खबर

८ कात्तिक, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजसालले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, २५ दिन अनुमति माग गरिएको भए पनि इजलासले सात दिन मात्रै दिएको हो ।

यसअघि जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपका लागि बिहीबार जिल्ला अदालतमा उपस्थित गराएको हो ।

पूर्व गृहमन्त्री लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरि पोखरा ल्याइएको थियो । उनी विरुद्ध सहकारी ठगी, कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

  • ८ कार्तिक २०८१, बिहीबार १४:५९ प्रकाशित
  • Nabintech