२८ असोज, नेपालगन्ज । बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका-८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा काम गरिरहेको समयमा भारतीय वन रक्षक ९फरेष्टरले० गोली हानेको बताएका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ढाडमा गोलीका छर्रा लागेर घाइते भएका लोधलाई उनका आफन्तले आइतबार बेलुका ७ बजेतिर उपचारका लागि गुलरिया अस्पताल पुर्याएका थिए । अस्पताल लगिएपछि मात्रै प्रहरीलाई घटनाबारे थाहा भएको डिएसपी मगरले बताए ।
लोधलाई गोली लागेको सूचनापछि प्रहरीले अस्पताल पुगेर घटनाबारे बुझेको थियो ।
घाइते लोधलाई जिल्लाको प्रारम्भिक उपचारपछि थप उपचारका लागी शिक्षण अस्पताल नेपालगन्ज रेफर गरी उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको डिएसपी मगरले जानकारी दिए ।
गुलरिया-८ स्थित नेपाल-भारत सीमानाका क्षेत्रमा आफ्नो खेतमा काम गरिरहेको समयमा एकाएक भारतीय फरेष्टरले गोली प्रहार गरेको कुरा लोधले गरेको हुँदा त्यसबारे भारतीय सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको बर्दियाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।
घटना अनुसन्धानका लागि आफू भारतीय सुरक्षाकर्मीसंग छलफलमा रहेको पनि उनले बताए ।
२८ आश्विन २०८१, सोमबार १३:२७ प्रकाशित