२८ असोज, कोहलपुर । बडा दशैंको राती हत्या गरीएका चन्द्र बहादुर कामीको टाउको फेला परेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामिको टाउको घटना स्थलबाट करीब ५ सय मिटर उत्तर-पुर्वमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको हो ।
गत शनिबार राति टाउको काटिएको अवस्थामा कोहलपुर-८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतल नगरमा कामीको शव फेला परेको थियो । घटना पश्चात शंकाको घेरामा रहेका अनिल परियारको बहिनी नाता पर्ने सुनिता परियारको घरको पाईखानाको सेफ्टी ट्याङ्कीमा मृतकको टाउको फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दशैंकाे दिन युवककाे हत्या, टाउकाे बाेकेर हत्यारा फरार
घटना पश्चात कोहलपुर प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरिरहेको जनाएको तेस्रो दिन टाउको भेटिएपछि ईप्रका कोहलपुरका प्रहरी निरीक्षक राज कुमार भट्टको कमाण्डमा थप प्रहरी परिचालन गरि थप अनुसन्धान प्रक्रियालाई अघी बढाईएको छ ।
प्रहरीले घटनामा शंकास्पद देखिएका रोल्पा घर भई पाहुनाका रुपमा कामीको घरमा आएका अन्दाजी ३० वर्षका अनिल परियारको खोजि कार्य भईरहेको बताईएको छ ।
२८ आश्विन २०८१, सोमबार १२:५३ प्रकाशित