२५ असाेज, खजुरा । बाँकेको खजुरा गाउँपालिका ६ सिमलघारीस्थित गिजरा सामुदायिक वनबाट अर्को चितुवा नियन्त्रणमा आएको छ । एकहप्ता अगाडि सोही वनबाट एउटा चितुवा नियन्त्रणमा आएको थियो ।
गिजरा सामुदायिक वन उपभोक्ता समुहकोे जङ्गल क्षेत्रमा डिभिजन वन कार्यालयले राखेको केज (खोर) मा शुक्रबार बिहान चितुवा फसेको अवस्थामा भेटिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गत असोज १८ गते सोही सामुदायिक वनबाट डिभिजन वन कार्यालय बाँकेले एउटा चितुवालाई नियन्त्रणमा लिएको थियो । स्थानीय वीरेन्द्र पुनकी अन्दाजी तीन वर्षीया छोरी लक्ष्मी पुन गत भदौ ३० गते राति आफ्नो घरमा खेल्दै गरेको अवस्थामा घरबाटै एक्कासी बेपत्ता भएपछि उनलाई जङ्गली जनावरले लगेको हुनसक्ने आशङ्का स्थानीयले गरेका थिए ।
असोज १ गते बिहान बालिकाको शव घरनजिकै रहेको गिजरा सामुदायिक वनबाट आधा शरीर खाएको अवस्थामा भेटिएको थियो । स्थानीयले बालिकालाई बाघले खाएको आशङ्का गरेका थिए । तर उक्त वनमा बाघ नभएर चितुवा हुन सक्ने आशङ्का गरेर डिभिजन वन कार्यालय बाँकेले असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिनका लागि तीनवटा खोर (केज) र पाँचवटा सिसी क्यामेरामार्फत् खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो ।
असोज १८ गते नियन्त्रणमा लिइएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिए । “असोज १८ गते नियन्त्रणमा लिइएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज पठाएका छौं, वनक्षेत्रमा राखिएका तीन वटा केजमध्ये हाल दुई वटा केज सञ्चालनमा छन्, आज फेरि अर्को चितुवा फसेको छ” उनले भने ।
चितुवालाई नियन्त्रणमा लिनका लागि हरेक केजमा एक एकवटा बाख्रा राखिएको थियो । बाख्रा राखिएको केजमा चितुवालाई फसाएर नियन्त्रणमा लिइएको वरिष्ठ वन अधिकृत चौधरीले बताए ।
भदौ ३० गते रातिदेखि बेपत्ता हुनुभएकी बालिका लक्ष्मीको शव असोज १ गतेका दिन घरदेखि करिब १ किलोमीटर पश्चिमतर्फको जङ्गलबाट जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा दाहिने खुट्टा मात्र फेला परेको थियो ।
२५ आश्विन २०८१, शुक्रबार १३:४५ प्रकाशित