चण्डी प्रसाद गैरे : मुद्रण व्यवसायका अग्रणी ब्यक्तीत्व
  • काँचुली खबर

चण्डी प्रसाद गैरे, बाँकेको मुद्रण ब्यवसायमा प्रतिष्ठित नाम हो । बिगत १४ वर्षदेखी मुद्रण क्षेत्रमा अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको गैरे अफसेट प्रेस आफैमा स्थापित बाण्ड हो । उक्त व्यवसायको संस्थापक संचालक गैरे कोहलपुर क्षेत्रमा मुद्रण व्यवसायलाई छुट्टै उचाईमा पु¥याउन सफल ब्यवसायी हुन ।

कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको गैरे अफसेट प्रेस सञ्चालक गैरेले वि.सं. २०६७ सालदेखि यसलाई निरन्तरता दिइरहेका छन् । ५१ वर्षिय गैरे पढेलेखेका युवा व्यवसायीमा पर्छन । सुर्खेत शिक्षा क्याम्पसबाट स्नातकसम्म अध्ययन गरेका गैरे सुरुवाती केही वर्ष शिक्षण पेशामा समेत आवद्ध भएका थिए । शिक्षण पेशा हुँदै व्यवसायमा होमिएका गैरेले कोहलपुर क्षेत्रमै पहिलो मुद्रण ब्यवसाय सुरु गरेका थिए । वि.स. २०६७ सालमा गैरे अफसेट प्रेस मार्फत कोहलपुरमा छापाखाना भित्राउने श्रेय गैरेलाई नै जान्छ । आफुले नै पहिलो पटक कोहलपुरमा मुद्रण ब्यवसायको जग बसाएको गेरैले दाबी गर्दै आएका छन ।

मुद्रण ब्यवसायमा आवद्ध हुनुपर्व गैरे झण्डै १० वर्ष बैदेशिक रोजगारीकालागी बिदेशमा समेत बसेका थिए । त्यहीँबाट सिकेको सिपले नै आफुलाई ब्यवसायी हुन मद्धत मिलेको गैरे बताउँछन । व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा बसेर काम गरीसकेका गैरेले आफ्नो नेतृत्व क्षमता समेत देखाईसकेका छन । नेपाल-भारत मैत्री संघ र कोहलपुर व्याडमिन्टन क्लबका वर्तमान अध्यक्ष समेत रहेका गैरे कोहलपुर उद्योग वाणिज्य संघको वाणिज्य तर्फको वर्तमान उपाध्यक्ष हुन । उद्योगी व्यवसायीका सुख दुःखमा सँगै रहन मन पराउने गैरेले नेपाल मुन्द्रण संघ बाँकेको अध्यक्ष, नेपाल मुन्द्रण उद्योग महासंघको केन्द्रीय सदस्य हुँदै बाँके जिल्ला संघको सल्लाहकार लगायतको जिम्मेवारी निभाइसकेका छन् ।

प्रजातान्त्रीक उद्योगी व्यवसायी संघ बाँके जिल्ला उपाध्यक्ष तथा लक्ष्मी मावि कोहलपुरको विव्यस कार्यवहाक अध्यक्ष समेत रहेका गैरे सुर्खेत शिक्षा क्याम्पसको स्ववियु उपसभापती समेत भएका थिए । कोहलपुर सुधार समाज, हाम्रो पूर्णिमा साहित्यीक प्रतिष्ठान लगाएतका संस्थामा समेत आवद्ध रहेका गैरले आफुलाई कोहलपुरवासी माझ सामाजिक ब्यक्तीका रुपमा स्थापीत गरीसकेका छन ।

०७४ सालमा पहिलो पटक कोहलपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका गैरे २०७७ सालको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा भारी मतका साथ विजयी भएका थिए । उनै गैरे आगामी कात्तिक ३ गते हुने संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदको प्रत्यासीका रुपमा चुनावी मैदानमा होमिएका छन ।

कोहलपुर उद्योग बाणिज्य संघको उपाध्यक्षको भुमिका कुशलतापूर्वक निर्वाह गरिसकेका गैरेले आसन्न निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायिक समूहको तर्फबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

कोहलपुरको खस्किँदो ब्यापारको अवस्थालाई मध्यनजर गर्दै स्थानीय व्यवसायीका सरोकारलाई सम्बोधन गर्ने गरी स्थानीय स्तरमा नयाँ ब्यापारिक योजना ल्याउने उद्धेश्य सहित चुनावमा होमिएका गैरेले प्रदिप भट्टराई नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायिक समूहका उम्मेदवारहरुलाई जिताउन अपिल समेत गरेका छन ।

व्यवसायीहरुको आवज र समस्या समधान गर्न लोकतान्त्रिक समावेशी व्यवसायी समूह सक्षम रहेकाले पुरै समूहलाई नै विजयी गराउन आग्रह गर्दै गैरेले भने, ‘कोहलपुर उद्योग बाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा थलो बनाउने हाम्रो उद्देश्य हो । यसमा साथ दिन सम्पूर्ण व्यवसायीहरुलाई हार्दिक अपिल गर्दछु ।’

पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको मूल मन्त्र बनाएका गैरेले संघको कामकारबाहीलाई पारदर्शी बनाउने र हरेक व्यवसायीलाई आफ्नो मतको महत्व बुझाउने प्रतिक्रिया दिएका छन् । आफु निर्वाचित भए व्यवसायीहरूको हितमा काम गर्ने र संघलाई प्रभावकारी संस्था बनाउने गैरेले प्रतिबद्धता व्यक्त गरेका छन् ।

समुहको आगामी योजना सहित अहिले आफुहरु हरेक व्यवसायीको घरदैलोमा पुगीरहेको बताउँदै गैरेले व्यवसायीहरु समेत उत्साही देखिएको बताए ।

लोकतान्त्रिक व्यावसायिक समूहबाट उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनार रहेका छन् ।

त्यस्तै, सो समूहबाट खुला सदस्यमा अमृतप्रसाद पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरणप्रसाद श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरिधारी शर्मा, अशोक गौडेल र मानबहादुर क्षेत्री उम्मेदवार रहेका छन् । एशोसियटतर्फ राजेन्द्रप्रसाद रिजाल तथा महिला सदस्यमा शीतल योगी अधिकारी र ममता थापा उम्मेदवार रहेका छन् ।

  • २३ आश्विन २०८१, बुधबार १५:३९ प्रकाशित
  • Nabintech