२३ असाेज, नेपालगन्ज । आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको ३१ औँ सिनेटको बैठकले भेरी अस्पतालका लागि २८ वटा सिट निर्धारण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्य्राजुएट (पिजी) चिकित्सक तथा नर्स अध्यापनका लागि शिक्षक दरबन्दी स्वीकृत गरेसँगै भेरी अस्पतालमा पनि एमडी/एमएस पढाइ हुने निश्चित भएको बताए ।
भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले भेरी अस्पतालका लागि २८ वटा सिट निर्धारण हुनु अत्यन्तै सुखद क्षण भएको जनाउँदै दक्ष चिकित्सकको अभाव कम गर्नमा यो निर्णय ऐतिहासिक हुने बताए ।
उनले सिटको कोटा बढ्दै जाँदा एमडी/एमएस अध्ययनका लागि चिकित्सक विदेश जानुपर्ने बाध्यता पनि कम हुने र यसले भेरी अस्पतालको सेवा प्रभावलाई समेत ठुलो सकारात्मक प्रभाव पार्ने बताए ।
पश्चिम नेपालका हजारौँ बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालमा एमडी/एमएस अध्यापन गराउन लामो समयदेखि प्रयास भइरहेको थियो। तर त्यसले औपचारिक सार्थकता भने पाइरहेको थिएन। तर यसअघि न्याम्सअन्तर्गत शैक्षिक आबद्धता लिएका आङ्गिक कलेज भरतपुर अस्पताल, कोशी अस्पतालसँगै नारायणी र भेरी अस्पताललाई समेत आबद्धता दिने निर्णय गरिएपछि सो प्रयासले सार्थकता पाएको हो।
भेरी अस्पतालमा एमडी/एमएस अध्ययन सुरु भएसँगै दक्ष चिकित्सकको अभाव पनि कम हुने र यहाँ आउने बिरामीले विशेषज्ञ सेवा पनि थप पाउने विश्वास गरिएको छ।
पश्चिम नेपालकै विभिन्न जिल्लाहरूका बिरामीका लागि रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पतालले गत केही वर्ष यता विभिन्न क्षेत्रमा नयाँ नयाँ प्रविधि र उपकरण थपेर अस्पतालका सेवा सुविधालाई स्तरीय बनाउँदै गएको छ।
२३ आश्विन २०८१, बुधबार ०९:१८ प्रकाशित