व्यवसायीको गुनासो सुन्दै लोकतान्त्रिक समावेशी समूह
  • काँचुली खबर

२२ असोज, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिए सँगै लोकतान्त्रिक समावेशी व्यवसायिक समूहले पसल दैलो (घरदैलो) कार्यक्रमलाई तीब्रगतिमा अघि बढाइरहेको छ । कोहलपुर नगरपालिका भित्र रहेका व्यवसायीहरुको गुनासो सुन्न प्रत्येक दिन बिहान सबेर देखि साँझ अबेरसम्म उक्त समुहले पसल दैलो कार्यक्रम गरिहेको छ ।

व्यवसायीहरुको आवज र समस्या समधान गर्न लोकतान्त्रिक समावेशी व्यवसायी समूह सक्षम रहेकाले पुरै समूहलाई नै विजयी गराउँन अध्यक्ष पदका उम्मेदवार भट्टराइले आग्रह गरे । व्यवसायीका सस्या नजिकबाट नियालेकाले त्यसको समधान गर्न अहिले पसल-पसलमा पुगेर आफ्नो प्रतिवद्धता जनाउँदै भोट मागिरहेको उनले बताए ।

लैंगिक समानता, सामाजिक समावेशिता र सबै प्रकारका व्यवसायलाई समान अवसर प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष पदका उम्मेदवार भट्टराईले भने, ‘कोहलपुर उद्योग बाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा थलो बनाउने हाम्रो उद्देश्य हो ।’

पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको मूल मन्त्र बनाएका भट्टराईले संघको कामकारबाहीलाई पारदर्शी बनाउने र हरेक व्यवसायीलाई आफ्नो मतको महत्व बुझाउने प्रतिक्रिया दिएका छन् । आफु निर्वाचित भए व्यवसायीहरूको हितमा काम गर्ने र संघलाई प्रभावकारी संस्था बनाउने भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन् ।

अहिले लोकतान्त्रिक समावेशी समूहको पसल दैलो कार्यक्रमले व्यवसायीहरु समेत उत्साहीत देखिन्छन् । नजिकैं आउँदै गरेको दशैं र अनुभवी, परिपक्क सक्षम युवा नेतृत्वले व्यवसायीहरुमा छुट्टै उत्साह छाएको छ । कोभिड पछि व्यवसायीहरु एक पछि अर्को मारमा परेकाले त्यसको समाधान गर्न अब हाम्रो नभनि राम्रोलाई भोट दिने व्यवसायीहरु बताउँछन् ।

लोकतान्त्रिक व्यावसायिक समूहबाट भट्टराईको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनार रहेका छन् ।

त्यस्तै, सो समूहबाट खुला सदस्यमा अमृतप्रसाद पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरणप्रसाद श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरिधारी शर्मा, अशोक गौडेल र मानबहादुर क्षेत्री उम्मेदवार रहेका छन् । एशोसियटतर्फ राजेन्द्रप्रसाद रिजाल तथा महिला सदस्यमा शीतल योगी अधिकारी र ममता थापा उम्मेदवार रहेका छन् ।

  • २२ आश्विन २०८१, मंगलवार १५:३६ प्रकाशित
  • Nabintech