२१ असोज, काेहलपुर । प्रदीप भट्टराई २०३८ साल भदौं २ गते कोहलपुरको कौशिलानगरमा जन्मिए । उनी बाबा भानुभक्त भट्टराई र आमा राजमणी देवी भट्टराईको पहिलो सन्तानका रुपमा जन्म लिएका हुन् । सामान्य परिवारमा जन्मेका भट्टराई सानै देखि लगनशील र मिहेनेती थिए । जसको कारण उनको आज नाम एक परिचय अनेक रहेका छन् ।
उनलाई कसैले साहित्यकार, समाजसेवी, सर्जक, शैक्षिक अभियान्ता त कसैले एक सफल व्यवसायी भनेर समेत चिन्ने गर्छन् । समाज प्रति सकरात्मक सोच, सहयोगी मन र अरुको दुःख देख्न नसक्ने भट्टराईले थुप्रै आर्थिक सहयोग गरेका छन् ।
जसको एउटा जोलन्त उदारण हो, कोभिड महामारीको समयमा ‘कोभिड खाद्य बैंक’ स्थपना गरेर नगरपालिका भित्र रहेका विपन्न परिवारलाई राहत प्रदान । सधैं अरुहको दुःखमा साथ र अठ्यारो पर्दा हात दिने भट्टराई अहिले भने काेहलपुरका व्यवसायीहरुको साथ, सहयोग खोजिरहेका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
लोकतान्त्रिक समावेशी व्यवसायीक समूहबाट उनी अहिले अध्यक्ष पदको उम्मेदवारी दिएर निर्वाचनमा हाेमिएका छन् । विगत तीन कार्ययकाल सदस्य, उद्योग तर्फ उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएर कोहलपुर उद्योग वाणिज्य संघमा रहेर उनले अनुभव समेत बटुलिसकेका छन् । आगामी कात्तिक ३ गते हुने निर्वाचनको लागि भने उनीले संघको अध्यक्ष पदका लागि आफुलाई अगाडि सारेका छन ।
साइप्रसकाे किमाेन विश्वविद्यालयबाट होटल व्यवस्थापन संकायमा स्नातक अध्ययन गरेका भट्टराई लोकतान्त्रिक समावेशी व्यावसायिक समूहको नेतृत्व गर्दै अहिले चुनावि अभियान संचालन गरिरहेका छन् । उनी पसल-पसल जाने भएकाले घरदैलो भन्न खासै रुचाउदैनन् ।
‘करिव दुई दशकदेखि सक्रिय रुपमा व्यवसाय गरे’ अध्यक्ष पदका उम्मेदवार भट्टराईले भने, ‘अब उद्योग वाणिज्य संघको नेतृत्व गरेर व्यवसायीका समस्या समाधान गर्ने इच्छा छ ।’ व्यवसायीहरूले संघमा शसक्त, अनुभवी, परिपक्क, दक्ष र योग्य युवा नेतृत्व चुन्नेमा कुनै शंका नरहेको उनी बताउँछन् ।
अहिले घरदैलो अर्थात पसल दैलो गर्दै गर्दा व्यवसायीहरुले दिएको प्रतिक्रिया र साथले थप ऊर्जा मिलेको उनले बताए । जसको कारण आफ्नाे विजयी नैं व्यवसायीको विजयी हुने उनको भनाइ छ । विभिन्न क्षेत्रसँग आवद्ध रहेर नागरिकहरुको सेवा गरिहेका भट्टराई अब संघको नेतृत्वमा रहेर नयाँ आयाम थप्नुका साथै व्यवसायीहरुको दिर्घकालिन समस्या समाधान गर्ने उनको हुटहुटी देखिन्छ ।
विगतका वर्षहरुमा संघको सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष पदमा रहेर अनुभव बटुलेका उनी सक्षम र नेतृत्व गर्न सक्ने एक सम्भावना भएका उम्मेदवार हुन् । त्यसैले अबको उद्योग वाणिज्य संघको नेतृत्व गर्ने र नेपाली काँग्रेसको बिरासत कायम राख्ने जिम्मेवारी उनको काधमा रहेकोे छ ।
यस्तो छ उनको नेतृत्वमा रहेको लोकतान्त्रिक समावेशी व्यवसायीक समूह

लोकतान्त्रिक व्यवसायिक समूहबाट भट्टराईको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनार रहेका छन् ।
त्यस्तै, सो समूहबाट खुला सदस्यमा अमृतप्रसाद पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरणप्रसाद श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरिधारी शर्मा, अशोक गौडेल र मानबहादुर क्षेत्री उम्मेदवार रहेका छन् ।
एशोसियटतर्फ राजेन्द्रप्रसाद रिजाल तथा महिला सदस्यमा शीतल योगी अधिकारी र ममता थापा उम्मेदवार रहेका छन् ।
२१ आश्विन २०८१, सोमबार ०७:४७ प्रकाशित