१९ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा आउदो कार्तिक ३ गते हुने निर्वाचनमा होमिएको प्रगतिशिल प्यानलको घरदैलो भेटघाट कार्यक्रम मार्फत मतदाता फकाईरहेको छ । उक्त प्यानलको घरदैलोमा स्थानिय ब्यवसायीहरुको उत्साहजनक सहभागिता देखिएको छ ।
व्यवसायीक संरक्षण र अधिकारको सुनिश्चितता व्यावसायीक एकता प्रगतिशिल प्यानलको प्रतिवद्धता भन्ने मुल नाराका साथ निर्वाचण कार्यक्रममा सहभागि अञ्जना धितालले नेतृत्व गरेको प्रगतिशिल प्यानलले आफ्नो जित सुनिश्चित हुने दावी गरेको छ ।
घरदैलो कार्यक्रमका क्रममा मतदाताहरुको न्यानो माया स्नेह र आत्मियता पाएका प्रचार प्रसारमा खटिएका उम्मेदवारहरुले क्याम्पसरोड हुँदै साझाचोक पग्दा स्थानिय व्यापारीहरुले सर्वतपानी खुवाएर स्वागत गरेपछि उम्मेदवारहरु झन हौसिएको चुनाव प्रचार प्रसार समितिका संयोजक समेत रहेका कुस्माखर वस्यालले बताए । महिलाको नेतृत्वले जित हासिल गर्नु भनेको तमाम महिलाहरुलाई स्वाभिमान बनाउनुका साथै एक घर एक महिला उद्यमशिल उत्पादन गर्ने अभियानले सार्थकता पाउने उनले बताए ।
बाँके क्षेत्र नं. १ का संयोजक समेत रहेका वस्यालले यसपालिको वाणिज्य संघको निर्वाचन लक्षित प्रगतिशिल प्यानलको प्रचार प्रसारको नेतृत्व लिंदै पुरुषलाई हेर्यौ पट्क पट्क महिलालाई हेरौं यस पटक भन्ने नाराका साथ फिल्डमा खटिएका छन । वस्यालको नेतृत्वको प्रचार प्रसार समितिलाई एम.डि. कडेल र केशवराज शाहिले सह-संयोजकको भुमिका निभाउदै साथ दिईरहेका छन ।
कोरना महामारी पश्चात उठनै नसकेको व्यापार व्यवसायीहरुको तमाम पिर मर्कालाई सम्वोधन गर्ने भन्दै अञ्जना धितालको प्यानलमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्रप्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, बस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दिपक अर्याल, उप-महासचिव गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले तथा सह-कोषाध्यक्षमा टंक प्रसाद खनालले उमेदवारी दर्ता गरेका छन ।
त्यसैगरी सदस्यहरुमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन बिस्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, राजिव शर्मा तथा महिला सदस्यहरुमा अस्मिता केसी, प्रतिभा खड्का र एशोसियट सदस्यमा दिपेश खनाल रहेका छन ।
१९ आश्विन २०८१, शनिबार १७:२७ प्रकाशित