ढकालको ‘ख्यालख्यालैमा भइयो बन्धकी’ सार्वजनिक
  • काँचुली खबर

१९ असोज, कोहलपुर । बैदेशिक रोजगार बोर्डका निर्देशक एवं प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत टिकाराम ढकालको सिर्जनामा ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ गित सार्वजनिक भएको छ ।

नेपाल आइडल सिजन ५ का विजेता करण पिरियारको स्वर रहेको गीतमा विपि वाग्लेको संगित रहेको छ । गितमा घरपरिवार छोडेर धन कमाउन परदेसीएका युवाहरुको दशैतिहारमा हुने पिडाको कथा समावेश गरिएको छ ।

गितसँगै म्युजिक भिडियो समेत सार्वजनिक गरीएको छ । भिडियोमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरविर पंडित, हुमा भण्डारी, आरोभ ढकाल, आरुसी ढकाललगायत कलाकारको अभिनय रहेको छ ।

ओएसआर डिजिटलको यूटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई २३ घण्टामा १८ हजार बढिले हेरेका छन ।

  • १९ आश्विन २०८१, शनिबार १४:४४ प्रकाशित
  • Nabintech