कोहलपुर वाणिज्य संघ निर्वाचन : दुबै समुहद्धारा मनोनयन दर्ता
  • काँचुली खबर

१७ असोज, कोहलपुर । आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागी दुई वटा समुहले बिहीबार मनोनयन दर्ता गरेका छन । निर्वाचन समितिले दिएको जानकारी अनुसार २ वटा समुह बनाएर व्यवसायीहरूले मनोनयन दर्ता गरेका हुन ।

पहिलो चरणमा प्रगतिशील व्यवसायी समुह र दोस्रो चरणमा प्रजातान्त्रिक व्यवसायी समुहले मनोनयन दर्ता गरेको समितिका सदस्य जय कृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार सबै पदमा दुई जनाको उम्मेदवारी परेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अन्जना धितालको नेतृत्वमा प्रगतिशील व्यवसायी समुह र प्रदिप भट्टराई नेतृत्वमा प्रजातान्त्रिक व्यवसायी समुहले मनोनयन दर्ता गरेको हो । ।

प्रगतिशील समुहबाट अन्जना धिताल अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सह-कोषाध्यक्षमा टङ्क खनाल रहेका छन । त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोति प्रसाद सुवेदी, भवानी प्रसाद कडेल, अस्मिता केसी, चक्र बहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अकित सिग्देल, एक बहादुर खड्का, खगेन्द्र बहादुर शाही, कृष्ण रानाभाट, एसोसिएट तर्फ दिपेश खनालको उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

लोकतान्त्रिक समुहबाट प्रदिप भट्टराई अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा चण्डी प्रसाद गैरे, उद्योग तर्फको उपाध्यक्षमा हरि शरण के.सी., वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप९महासचिवमा राजन कुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेल र सह-कोषाध्यक्षमा देविलाल सुनारको उम्मेदवारी परेको छ ।

सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुप बहादुर भण्डारी, किरण वि.क., गौरव श्रेष्ठ, गिरधारी शर्मा, असोक गौडेल, मान बहादुर बुढा र महिला सदस्यमा शीतल योगी अधिकारीको उम्मेदवारी परेको छ । लोकतान्त्रिक समुहले एसोसियट तर्फ राजेन्द्र रिजाललाई उम्मेदवार बनाएको छ ।

प्रजातान्त्रिक समुहमा नेपाली काँग्रेस,, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको समर्थन रहेको बताईएको छ ।

मनोनयन पछि बोल्दै प्रजातान्त्रिक समुहका अध्यक्षका उम्मेदवार प्रदिप भट्टराईले व्यवसायीका हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले घरदैलोका क्रममा व्यवसायीको सुझावहरु सङ्कलन गरेको बताउदैन सोही अनुसार समाधानमा आफू र आफ्नो टिम लागी पर्ने बताए । आफूहरूको जित सुनिश्चित रहेको बताउँदै उनले पराजित हुनेसँग पनि सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

प्रगतिशील समुहका अध्यक्ष पदका उम्मेदवार अन्जना धितालले व्यवसायीको हितमा काम गर्नका लागी आफु चुनाबी मैदानमा होमिएको बताइन । उनले व्यवसायिक हित बाहेक आफ्नो अर्को उद्देश्य नरहेको बताइन ।

दुवै समुहको जितको दाबी

कार्तिक ३ को निर्वाचनमा दुवै समुहले आफूहरूले जित्ने दाबी गर्दै आएका छन । विगतमा प्रजातान्त्रिक समुहले विजय हासिल गरेको, हाल समितिले भवन निर्माण लगायतका महत्वपूर्ण काम गरेको, कोरोना महामारीमा व्याज छुटका लागी कोहलपुरबाट आन्दोलनका सुरुवात गरेको, घरभाडा छुटका लागी समन्वय लगायत व्यवसयीक हितकालागी महत्वपूर्ण कामहरू गरेकाले आफूहरूको जित सुनिश्चित रहेको अध्यक्षका उम्मेदवार भट्टराईले दाबी गरे । उनले व्यवसायिक हितका लागी थप क्रियासिल रहने प्रतिबद्धता जनाए ।

अध्यक्ष पदका अर्का उम्मेदवार धितालमा पनि महिला हुनुका नाताले आफू विजय हुनेमा ढुक्क रहेको बताइन । उनले आफू विजय भएर कोहलपुर उद्योग वाणिज्य सङ्घको ईतिहारमा नयँ रेकर्ड कायम गर्ने बताइन । बिजयी भएपछि सम्पुर्ण व्यवसायीसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाईन । उनले सिमा बजार रुपैडियाका कारण चेपुवमा परेको कोहलपुरको बजार, बैक तथा बितिय सस्थाको ज्याजती, घरभाडा लगायतका समस्यालाई प्राथमिकताका साथ समाधानमा लाग्ने बताइन ।

  • १७ आश्विन २०८१, बिहीबार १८:४३ प्रकाशित
  • Nabintech