१७ असोज, नेपालगन्ज । दसैँ तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने विभिन्न प्रकारका आपराधिक कार्यहरू रोक्न नेपालगन्ज विमानस्थल र नेपाल भारत जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाइ सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अहिले चाडपर्व मनाउन भारतबाट दैनिक सयौँको सङ्ख्यामा नेपालीहरू फर्किरहेको तथा हवाई यातायातमा समेत सबैभन्दा बढी चाप भएकोले विमानस्थल र सीमा नाकामा विशेष निगरानी बढाएर सुरक्षा चेकजाँच सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले नजिकिँदै गरेको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नेपाल भारत नाका र नेपालगन्ज विमानस्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेर विशेष चेकजाँच सुरु गरिएको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाह, बाँके र के-नाईन शाखा कोहलपुर बाँकेको संयुक्त टोलीले नेपाल प्रहरीको विस्फोटक पदार्थ र लागू औषध सम्बन्धी तालिम प्राप्त कुकुरहरूद्वारा नेपाल भारत आवत जावत गर्ने मुख्य नाका जमुनाहमा चेकजाँच गराउन थालिएको बताए । सो चेकजाँचको क्रममा तालिम प्राप्त कुकुरको सहायताले लागू औषध ब्राउन सुगर सहित एक जना मानिसलाई फेला पारी नियन्त्रणमा लिइएको पनि जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले बताए ।
अहिले जमुनाहा नाकाबाट दैनिक पाँच हजार भन्दा बढी नेपालीहरू चाडपर्वका लागि स्वदेश फर्किरहेकोले भिडभाडको फाइदा उठाएर विभिन्न गैर कानुनी सामान भित्रिन सक्ने आशङ्काका कारण सुरक्षा चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सोही प्रकारले अहिले नेपालगन्ज विमानस्थलमा हवाई उडानहरू धेरै वृद्धि भएको र आवागमन गर्ने यात्रुहरूको सङ्ख्या अत्यधिक बढेकोले सुरक्षा चुनौती समेत बढेको जनाउँदै विमानस्थलको सुरक्षा पनि कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले बताए ।
उहाँले विमानस्थलमा पनि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके र के-नाईन शाखा कोहलपुर बाँकेको संयुक्त टोलीले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा चेकजाँच गरिरहेको बताए । सोही प्रकारले नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा समेत सुरक्षा चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट आउने नेपालीहरू नाकाबाटै रिक्सा, ट्याम्पो चालक र नेपालगन्ज तथा कोहलपुर पुगेपछि होटेल व्यवसायीबाट ठगिने भएकोले सो रोक्न पनि विशेष योजना बनाएर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
१७ आश्विन २०८१, बिहीबार १५:०४ प्रकाशित