१५ असोज, कोहलपुर । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिले बाँके राष्ट्रिय निकुञ्जका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । मंगलबार बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर कार्यालयमा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको समितिले सुझाव समेत संकलन गरेको छ ।
समितिका संयोजक माया प्रसाद अधिकारीको नेतृत्वमा आएको विधायन समितिको टोलीले निकुञ्जका कारण उत्पन्न समस्या, समाधानका उपाय र सुधार गर्नुपर्ने पक्षहरुका बारेमा अन्तरक्रिया मार्फत सुझाव मागेका थियो ।
उक्त कार्यक्रममा बोल्ने अधिकाशं सहभागीहरुले निकुञ्जको नितिका कारण स्थानियहरु पिडित हुँदै आएको उल्लेख गर्दै नागरीकमैत्री कानुन निर्माणमा जोड दिएका थिए । निकुञ्ज स्थापना हुनुभन्दा पहिलेदेखी नै जंगलको संरक्षण गर्दै आएका समुदाय नै निकुञ्ज स्थापनाका कारण पिडित हुनुपर्ने अवस्था सृजना भएको भन्दै उनिहरुले निकुञ्जको कानुन नागरीकमैत्री हुन नसकेको गुनासो गरेका हुन ।
कार्यक्रममा बोल्दै मध्यवर्ति क्षेत्र व्यबस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बाँके राष्ट्रिय निकुञ्जको बफर क्षेत्रमा ७० हजार भन्दा बढी स्थानियको बसोबास रहे पनि उनिहरुको उचित व्यवस्थापन हुन नसकेको बताए । “संरक्षणमा प्रत्यक्ष संलग्न भएका स्थानियहरु संरक्षणकै क्रममा बिभिन्न दुर्घटनामा पर्ने गरेका छन” खड्काले भने, “निकुञ्जको नितिका कारण उनिहरु नै क्षतीपूर्तीबाट वञ्चित हुँदै आएका छन, यसलाई नितिगत रुपमै सुधार गर्न आग्रह गर्दछु ।”
उनले बफर क्षेत्रका स्थानियहरुलाई पुनरवासको ब्यवस्था मिलाउन समेत आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालीका वडा नं. १२ का वडाध्यक्ष बिरेन्द्र शाहले निकुञ्जका कारण वडास्तरमा हुने विकास निर्माणका गतिविधि प्रभावित हुने गरेको भन्दै दुख ब्यक्त गरे । उनले विभिन्न समयमा नितिगत छलफल हुने गरेको भएपनि कार्यान्वयन नहुँदा मध्यवर्ती क्षेत्रका स्थानियहरुले ठुलो समस्या भोग्नुपरेको बताए ।
समुदायलाईभन्दा बढि बन्यजन्तुलाई प्राथमिकता दिदा निकुञ्जप्रति स्थानियको दृटिकोण नै फरक हुने खतरा बढ्दै गएको भन्दै सहभागीहरुले परम्परागत रुपमा स्थानिय समुदायले गर्दै आएका गतिविधिमा व्यवधान नहुने गरी निकुञ्जको निति परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए । मध्यवर्ती क्षेत्रका स्थानियहरुको दैनिकीसँग जोडिएका कतिपय गतिविधि संचालनमा समेत निकुञ्ज प्रशासनले रोक लगाउँदै आएको भन्दै उनिहरुले घाँस-दाउरा तथा चरीचरणका लागी बैकल्पीक ब्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालीकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले निकुञ्ज क्षेत्रमा लागु गरीएको टाईम कार्डका कारण दुर्घटना बढेकाले त्यसको विकल्प खोज्नुपर्ने बताए । बाँकेको अगैयाहुँदै नेपालगन्ज निस्कने सवारी साधनका कारण राप्तीपारी क्षेत्रमा दिनहुँजसो सवारी दुर्घटना हुने गरेको भन्दै उनले टाईम कार्डको विकल्प खोज्नुपर्ने बताएका हुन ।
निकुञ्जलाई बोझका रुपमा भन्दा पनि अवसरका रुपमा लिने वातावरण निर्माण गर्न आचार्यले सम्बन्धित पात्रलाई आग्रह गरे ।
कार्यक्रममा डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ताले निकुञ्ज बिकास बिरोधी नभएको दाबी गरे । जनतासँगसँगै सहकार्य गर्न आफुहरु तयार रहेको बताउँदै गुप्ताले नितिगत समस्याका कारण कतिपय विषयमा चाहेर पनी ब्यवहारीक हुन नसकिने जिकिर गरे ।
निकिुञ्ज संरक्षणमा कडा हुनैपर्ने अवस्था रहेको उनको तर्क थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिका संयोजक माया प्रसाद अधिकारीले प्राप्त सुझावका आधारमा निति निर्माणकालागी समिति मार्फत संसदमा पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा विधायन समितिका सदस्यहरु गोमादेवी तिमल्सिना, मदन कुमारी शाह, युवराज शर्मा, रेनु चन्द, सुमित्रा वि.सी. बैजनाथ गाँउपालिका प्रमुख, राप्तीसोनारी गाँउपालीका प्रमुख, उप-प्रमुख, मध्यवर्ती क्षेत्रसँग जोडिएका बिभिन्न वडाका वडाध्यहरु सहित सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
१५ आश्विन २०८१, मंगलवार १६:५५ प्रकाशित