१५ असोज, कोहलपुर । सरकारले तिन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको थियो ।
राष्ट्रिय विपतको यो घडिमा शोक मनाउनुपर्ने कोहलपुर नगरपालिकाका जनप्रतिनिधि भने बडाभोजमा सहभागी हुँदै उत्सव मनाईरहेको पाईएको छ । कोहलपुरमा रहेको एपिएफ स्कुलले आयोजना गरेको बडाभोजमा नगरप्रमुख सहितका जनप्रतिनिधिहरु सहभागी भएको तस्बिर सामाजिक संजालमा बाहिरीएको छ ।
कोहलपुर नगरपालिका नगरकार्यपालिका सामाजिक विकास समितीका संयोजक समेत रहेका ईश्वरी प्रसाद वि.क.ले पोष्ट गरेको उक्त फेसबुक स्टाटसमा नगरप्रमुख पुर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी लगायत अन्य जनप्रतिनिधि देख्न सकिन्छ ।
राष्ट्रिय शोकको समयमा बडाभोजमा रमेर मानविय संवेदनासँग खेलवाड गरेको भन्दै कोहलपुरका बुद्धिजिविले मानवियता हराएका जनप्रतिनिधिको संज्ञा दिएका छन । केन्द्रस्तरमा शुभकामना आदान प्रदान नगर्ने, खोज, उद्धार र राहतमा जुटने भन्दै सरकार एवं विभिन्न पार्टिहरुले निर्णय गरिरहेको सन्दर्भमा कोहलपुर नगर सरकार स्वयं यस्ता भोजमा सहभागी हुनुले यतिवेला स्थानिय सरकारको सर्वत्र आलोचना भईरहेको छ ।
न्युनतम मानवियतालाई समेत हेक्का नराख्ने स्थानिय सरकारले जनता र जनजिविकाका सवालमा उपदेयतापुर्ण कार्य गर्ला भन्ने आशा समेत मरिसकेको भन्दै कतिपयले सामाजिक संजालमार्फत आक्रोश समेत ब्यक्त गरेका छन ।
तस्बिर : ईश्वरी प्रसाद वि.क.को फेसबुकवालबाट
१५ आश्विन २०८१, मंगलवार १२:४१ प्रकाशित