पहिराेका कारण देशभर २२ ठाँउमा सडक अवरुद्ध
  • काँचुली खबर

१३ असाेज, काठमाडौँ । अविरल वर्षाका कारण देशभर २२ ठाउँका सडक अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र  सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले बताए ।

काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु-फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके-भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल-गाईघाट सडक अवरुद्ध छ ।

बागमती प्रदेश स्थित कान्ति लोकपथ, पासाङल्हामु राजमार्ग, बिपी राजमार्ग, भिमफेदी-कुलेखानी सड्क, मध्य पहाडी लोकमार्ग र त्रिभुवन राजपथ बन्द छन् । कुलेखानी-मार्खु सड्क र  मदन भण्डारी राजमार्ग पनि बन्छ छ ।

गण्डकी प्रदेश स्थित म्याग्दीको बेनी-दर्बाङ सड्क खण्ड र कालिगण्डकी करिडोर अवरुद्ध छ । लुम्बिनी प्रदेश स्थित सिद्धार्थ राजमार्ग, गोरुसिङ्गे-सन्धीखर्क सडक र रुकुम-घोराही खण्ड अवरुद्ध भएको छ ।

कर्णाली करिडोर पनि अवरुद्ध भएको र सड्क सुचारु गर्ने प्रयास भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।

  • १२ आश्विन २०८१, शनिबार १३:२२ प्रकाशित
  • Nabintech