अञ्जना धितालकाे नेतृत्वमा प्रगतिशील समुहकाे उम्मेदवार घाेषणा
  • काँचुली खबर

१२ असाेज, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेकाे छ । कार्तिक ३ गते हुने निर्वाचनकालागी प्रगतिशील व्यवसायिक समुहले उम्मेदवारी घोषणा गरेको छ ।

शुक्रबार एक औपचारिक कार्यक्रम गरी प्रगतिशील व्यवसायिक समुहले उम्मेदवारी घोषणा गरेको हो । उक्त समुहले अञ्जना धिताललाई अध्यक्ष पदमा अगाडि सारेको छ ।

सो समुहबाट बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उप-महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले र सह-कोषाध्यक्षमा टंक खनाल उम्मेदवार रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा कृष्ण रानाभाट, रबि प्रसाद कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी कडेँल, अस्मिता केसी, विक्की थापा, परिवर्तन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल र एक बहादुर खड्काको उम्मेदवारी घोषणा भएकाे हाे ।

उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै नेपाल उद्योग तथा व्यवसायी महासंघ कोहलपुर अध्यक्ष ज्ञानेन्द्र खनालले धिताल नेतृत्वको टिम कोहलपुर क्षेत्रका व्यवसायीका समस्या समाधान गर्न सक्षम रहेको दाबी गरे ।

उम्मेदवार घाेषणा कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं. १ का साँसद सुर्य ढकालले प्रगतिशील व्यवसायिक समुहका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताए । व्यवसायीकाे पक्षमा काम गर्ने उम्मेदवारलाई काेहलपुरका व्यवसायीले जिताउने जिकिर गर्दै ढकालले जितकाे अग्रिम शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष कर्ण बहादुर थापा, संघका वर्तमान अध्यक्ष लक्ष्मण राज पौडेल, नेकपा एमाले नगर कमिटी अध्यक्ष कूल बहादुर भट्टराई लगाएतले आफ्नो धारणा राखेका थिए ।

  • १२ आश्विन २०८१, शनिबार ०९:०४ प्रकाशित
  • Nabintech