नेपालगन्जबाट १६ लाख नगद सहित हुण्डी काराेबारी पक्राउ
  • काँचुली खबर

८ असाेज, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डि कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेकाे छ । १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैया सहित पक्राउ प्रहरीले नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुरबाट सोही ठाउँका मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकी नगदसहित पक्राउ परेका हुन ।

गणेशपुर बस्ने मोहम्मद कादिर सिद्दिकीको तलासी गर्ने क्रममा निजले बोकेको कालो झोलाबाट नेपाली रुपैया ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा खान तलासी गर्दा नेपाली ७ लाख १० हजार २ सय ५५ तथा ५९ हजार ५ सय भारतीय रुपैया सहित पक्राउ गरीएकाे हाे ।

प्रहरीले सम्बन्धित ब्यक्तिलाई पक्राउ गर्ने क्रममा घरको खानतलासी गर्दा उनको घरबाट विभिन्न बैंकमा विभिन्न व्यक्तिको नाममा जम्मा गरेका बैंक भौचरलगायत बैंकका टोकनहरु समेत बरामद गरेकाे जनाएकाे छ ।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान अगाडि बढाईएकाे प्रहरीकाे भनाई छ ।

  • ८ आश्विन २०८१, मंगलवार १९:०५ प्रकाशित
  • Nabintech